breaking news

    ​सहसचिवकै प्रमाणपत्र नक्कली

    January 11th, 2017 | by Weekly Nepal
    ​सहसचिवकै प्रमाणपत्र नक्कली
    फिचर
    0

    काठमाडौं । लोकमानसिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता बनाएका सहसचिव कृष्णहरि पुस्कर कर्णले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नै शंकास्पद रहेको खुलासा भएको छ । उनले भारतमा नै अनधिकृत रुपमा दूरशिक्षाको प्रमाणपत्र बितरण गरेको भनेर मुद्दा परेको ग्लोबल ओपन युनिभर्सिटी नागाल्याण्डबाट एलएलएमको प्रमाणपत्र पेश गरेको खुल्नमा आएको छ ।

    उक्त युनिभर्सिटी भारतमै अवैध छ । तर त्यही युनिभर्सिटीबाट कर्णले एलएलएमको प्रमाणपत्र पेश गरेको स्रोतले बताएको छ । उक्त युनिभर्सिटीमा घरमै उत्तरपुस्तिका लगेर लेख्न पाइने र हरेक बर्ष एउटै प्रश्न आउने गरेको छ । उक्त युनिभर्सिटीको प्रमाणपत्रका लागि कोटेश्वरको पेरिसडाँडामा रहेको सिटी कलेजका यशोधामा त्रिपाठी र अशोक त्रिपाठीलाई तोकिएको रकम बुझाएपछि जुन बिषयको प्रमाणपत्र चाहियो त्यही बिषयको पाउँछन् । परीक्षाका दिन उपस्थित भए पास हुने गयारेन्टी नै त्रिपाठीद्वयले गर्दैआएका छन् । भारतको त्यही अवैध खुल्ला विश्वविद्यालयको प्रमाणपत्र सहसचिव कर्णले पेश गरेका छन् ।

    कर्ण हाल दिल्लीस्थित नेपाली दूताबासको इकोनोमिक काउन्सिलर छन् । उनलाई कार्कीले अख्तियारमा ल्याएर महत्वपूर्ण जिम्मेवारी दिएका थिए । कर्णले कार्कीकै आदेशमा २०७२ मंसिरमा विभिन्न मन्त्रालयका बरिष्ठ सहसचिवहरुलाई अख्तियारमा बोलाएर अपमान गर्ने काम गरेका थिए । अख्तियारले भारतीय नाकाबन्दीको जटिल अवस्थामा कालोबजारी नियन्त्रणका लागि २०७२ मंसिर १३ गते बोलाएको छलफलमा तिनै प्रवक्ता पुष्करले आफूभन्दा बरिष्ठ सहसचिवलाई कारबाही गर्ने चेतावनी दिएका थिए । कर्णभन्दा बरिष्ठ सहसचिव एकनारायण अर्याल(तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी), यादव कोइराला (ललितपुर), शम्भु कोइराला (महानिर्देशक बाणिज्य विभाग) लगायतलाई अख्तियारमा बोलाई उनले हप्काएका थिए । भारतीय नाकाबन्दीको समयमा इमान्दारीपूर्वक काम गरेका अर्याल र कोइरालालाई हप्काउने कर्ण मधेशी कोटामा बढुवा भएका कनिष्ट सहसचिव हुन् । पुस्करजस्ता भ्रष्ट विगत भएका कर्मचारीलाई अख्तियारको प्रवक्ता बनाउँदा अख्तियारप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक बनेको थियो ।

    १९ फागुन २०७२ मा सरकारले कोलकाता, ल्हासा र हङकङमा क्रमशस् एकनारायण अर्याल, गोविन्द कार्की र कमल भट्टराईलाई महाबाणिज्यदूत नियुक्त ग¥यो । नियुक्ति गरेको केही घन्टामै अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले कुन मापदण्डका आधारमा महावाणिज्यदूत बनाएको हो भनेर सरकारसँग स्पष्टीकरण मागेका थिए । अख्तियारमा भ्रष्टाचारविरुद्ध चर्का कुरा गर्ने प्रवक्ता पुस्कर स्वयंको विगत कस्तो थियो त ? कृषि मन्त्रालयबाट सुजाता कोइरालाकी पीए सृजना अधिकारीमार्फत् तत्कालीन श्रम तथा यातायात मन्त्रालयमा सरुवा भएका पुष्करले त्यसपछि कहिल्यै पनि नराम्रो स्थानमा खटिनुपरेन । जहिले पनि उनले आकर्षक कार्यालयमा रम्ने र कमाउने मौका पाउँदै आएका छन् । माधव नेपाल नेतृत्वको सरकारका श्रममन्त्री थिए– मोहम्मद अफताव आलम । आलमले प्रशासन महाशाखाका प्रमुख सहसचिव भए पनि सरुवादेखि सबै काम उपसचिव पुस्करलाई नै दिएका थिए । पुस्करलाई आफ्तावले श्रम मन्त्रालयमा घुस संकलन गर्न परिचालन गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *