breaking news

    ३ वर्षसम्म रेड कार्डको असर, रियल मड्रिडका मोडरिकले बार्सिलोनासँग खेल्न नपाउने

    August 11th, 2017 | by Weekly Nepal
    ३ वर्षसम्म रेड कार्डको असर, रियल मड्रिडका मोडरिकले बार्सिलोनासँग खेल्न नपाउने
    खेल
    0

    काठमाडौं, २७ साउन । रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोडरिकले स्पेनिस सुपर कप अन्तर्गत बार्सिलोनाविरुद्धको खेल खेल्न नपाउने भएका छन् । उनलाई तीन वर्षअघि पाएको रेड कार्डका कारण बार्सिलोनाविरुद्धको खेलमा प्रतिबन्ध लगाइएको हो ।

    प्रतिबन्धसँगै स्पेनिस सुपर कप अन्तर्गत बार्सिलोनासँगको फस्ट लेगमा मोडरिक देखिने छैनन् । स्पेनिस सुपर कपको सन् २०१४ मा भएको एथ्लेटिको मड्रिडसँगको खेलमा उनी दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका थिए ।

    स्पेनिस फेडेरेसनको नियमअनुसार रातो कार्ड पाएर खेलाडी बाहिरिएपछि त्यसपछिको खेलमा लाग्ने प्रतिबन्ध त्यही टुर्नामेन्टको खेल हुनुपर्छ । यही नियमका कारण मोडरिकको तीन वर्षअघिको रेड कार्ड रियल मड्रिडलाई भारि परेको छ । मड्रिडका प्रशिक्षक जिदानले मोडरिकको स्थानमा माटियो कोभासिच र डानि सेबालोसमध्ये एक जना राख्ने भएका छन् । स्पेनिस सुपर कप अन्तर्गत रियल मड्रिड र बार्सिलोना आइतबार खेल्दै छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *