breaking news

    २ रुपैयाँ तिरेर ‘दुई रुपैयाँ’ हेर्ने मौका !

    September 13th, 2017 | by Weekly Nepal
    २ रुपैयाँ तिरेर ‘दुई रुपैयाँ’ हेर्ने मौका !
    मनोरन्जन
    2

    काठमाडौं । गएको शुक्रबार रिलिज भएको सिनेमा ‘दुई रुपैयाँ’ लाई दर्शकले मन पराएका छन् । रिलिज हुनुअघि नै सिनेमामा भएको गीत ‘कुटुमा कुटु’ले सिनेमाको चर्चा बढाएको थियो ।

    ‘कुटुमा कुटु’ गीतले युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली सिनेमाको गीतको रेकर्ड पनि राखेको छ । गीतजस्तै सिनेमालाई पनि दर्शकको माया मिलेको छ । असिम शाहको निर्देशनमा बनेको सिनेमा ‘दुई रुपैयाँ’ले शुरुवाती चार दिनमा राम्रो कारोबार गरेको छ । शुरुवाती दुईदिनमै दुई करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको यस सिनेमाले त्यस पछिका दुई दिनमा पनि राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

    सिनेमाको सफल कारोबारकै कारण दर्शकलाई अझै सिने प्रेमी बनाउन र सिनेमा प्रति आकर्षित गर्न यस सिनेमाका निर्माताहरुले एउटा स्किम लिएर आएका छन् । नाम जस्तै ‘दुई रुपैयाँ’लाई दर्शकले ‘दुई रुपैयाँ’मै हेर्न पाउने भएका छन् ।

    यहि बिहीबार क्युएफएक्स कुमारी हल कमलपोखरीमा भाग्यशाली १ सय दर्शकले दुई रुपैयाँमा सिनेमा ‘दुई रुपैयाँ’ हेर्न पाउने छन् । २९ गते बिहीबार बिहान ११ बजेको शोमा भाग्यशाली १ सय दर्शकले यो मौका पाउनेछन् । तपाईँ पनि यसको भाग्यशाली दर्शक बन्न सक्नुहुनेछ ।

    यस सिनेमामा निश्चल बस्नेत, आशिफ शाह, मेनका प्रधान, बुद्धि तामाङ उर्फ हैट, रबिन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । अभिनेत्री स्वस्तीमा खड्का यस सिनेमामा विशेष भूमिकामा छिन् ।

    2 Comments

    1. Chandan Sah says:

      I wanna watch this movie soon. ☺ ☺

    2. Hemlata says:

      No comment. Without knowing the picture story.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *