breaking news

    २० करोडको कारोबार गर्दै छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सकियो

    March 20th, 2017 | by Weekly Nepal
    २० करोडको कारोबार गर्दै छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सकियो
    अर्थ
    0

    काठमाडाँै, ७ चैत । छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला करिब रु २० करोडको कारोबार गर्दै आज समापन भयो ।पाँचदिने उक्त मेला करिब दुई लाखले अवलोकन गरेका तथा झण्डै रु २० करोडको कारोबार भएको अनुमान मेला आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको छ ।

    सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला आगामी २०७४ को चैतमा नै आयोजना गर्ने निर्णय भएको र त्यसका लागि दुईसय वटा प्रदर्शनी स्टल आरक्षण भइसकेका महासङ्घका सञ्चार अधिकृत विदुर लामिछानेले बताउनुभयो । मेलामा उच्च हिमाली भेगका कृषि उत्पादन, जडीबुटीहरु तथा रोजगारी मेलामा धेरैको भीड लागेको थियो । तेत्तीसवटा रोजगारदाता कम्पनी सहभागी रोजगारी मेलामा ५०० जनाले रोजगारीका लागि आवेदन गर्ने अवसर पाएका थिए ।

    नेपाली उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय जगत्मा उद्योग व्यवसाय क्षेत्रले पछिल्लो पटक अवलम्वन गरीरहेको प्रविधिगत ज्ञान तथा संयुक्त सहकार्यका सम्भाव्यताका सम्बन्धमा स्वदेशी एवम् विदेशी उद्यमी व्यवसायीबीच अन्तरक्रियाका माध्यमबाट मुलुकभित्र उद्यम व्यवसाय विस्तारमा सघाउ पु¥याउने उद्देश्यले सरकारको सहयोगमा महाङ्घले करिब एक दशकदेखि काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्दै आएको छ ।

    यसैबीच, महासङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणसम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी चैत ३ गतेको मन्त्रिपरिषद्ले वाणिज्य मन्त्रालयलाई दिएकोमा त्यसको स्वागत गरेको छ । महासङ्घ अध्यक्ष पशुपति मुरारकाले रासससँग भन्नुभयो¬ “निजी क्षेत्र उत्साहित छ, निर्णय शीघ्र कार्यान्वयन हुनेमा हामी विश्वस्त छौँ ।”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *