breaking news

    हेर्नुहोस् ‘देश खोज्दै जाँदा’को मार्मिक गीत (भिडियो)

    April 16th, 2017 | by Weekly Nepal
    हेर्नुहोस् ‘देश खोज्दै जाँदा’को मार्मिक गीत (भिडियो)
    मनोरन्जन
    0

    काठमाडौं । फिल्म ‘देश खोज्दै जाँदा’को मार्मिक गीत सार्वजनिक भएको छ । भुटानी शरणार्थीको कथामा बनेको यो फिल्म ‘देश खोज्दै जाँदा’को ‘छातीमा लागेको माटो त’बोलको गीत सार्वजनिक गरिएको हो ।

    गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन् । गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन व्यक्त देखाउन खोजिएको छ । भिडियोमा कलाकारहरु रमेश बुढाथोकी, बाबु बोगटी लगायतलाई देख्न सकिन्छ ।

    यो फिल्मको कथा र निर्देशन साहित्यकार समेत रहेका प्रकाश आङदेम्बेले गरेका हुन् । कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन् । सामतेन भुटियाले प्रकाशलाई निर्देशनमा सहयोग गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *