breaking news

    स्थानीय तहलाई प्राथमिकतामा राखी सङ्घीयतामुखी बजेट ल्याइने

    May 19th, 2017 | by Weekly Nepal
    स्थानीय तहलाई प्राथमिकतामा राखी सङ्घीयतामुखी बजेट ल्याइने
    समाचार
    0

    काठमाडौँ, ५ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले आगामी बजेट स्थानीय तहलाई प्राथमिकतामा राखी सङ्घीयतामुखी बनाइने बताउनुभएको छ ।

    नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले यहाँ आज आयोजना गरेको ‘नेपालको अर्थतन्त्रमा राजनीतिक सङ्क्रमणकालको प्रभाव’ विषयको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री महराले स्थानीय तहमा राजनीतिक मात्र नभई आर्थिक अधिकार पनि दिइने बताउनुभयो । “स्थानीय तहमै बजेट दिन्छौँ, कार्यक्रम गाउँपालिका र नगरपालिकाले आफैँ बनाउँछन्, तीन तहको निर्वाचनसँगै अर्थतन्त्र अझ सुदृढ हुनेछ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा उपप्राध्यापक रमेश दुलालले शान्ति प्रक्रियाअघि आर्थिक वृद्धिदर ३.८९ रहेकामा शान्ति प्रक्रियापछि लगत्तै ४.१ प्रतिशत पुगेको जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षत्री, अर्थशास्त्री डा शुरवीर पौडेल र अनन्तकुमार मैनाली, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल घरेलु उद्योग महासङ्घका उपाध्यक्ष विष्णु लुइँटेल, सङ्गठनका अध्यक्ष श्यामबहादुर पाठकलगायतले सङ्क्रमणकालमै पनि आर्थिक अवस्था सुधारोन्मुख भए पनि सन्तोषजनक नभएको बताउनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *