breaking news

    सेलिब्रेटी रनवेमा हिँडेपछि दीपालाई लाग्यो फिल्मको ओईरो

    January 5th, 2017 | by Weekly Nepal
    सेलिब्रेटी रनवेमा हिँडेपछि दीपालाई लाग्यो फिल्मको ओईरो
    मनोरन्जन
    0

    काठमाडौं । दृष्टिबिहिनी बालकालिकाहरुलाई सहयोग गर्ने हेतुले पुनम ईन्टरटेनमेन्ट र गौरी मल्लको सयुंक्त आयोजनामा पुष १४ मा सम्पन्न भएको डी सेलिब्रेटी रन वेमा ४० सेलिब्रेटीले क्याटवाक गरे । त्यसमा अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले पनि सहभागीता जनाएकी थिईन् । सेलिब्रेटी रनवेको त्यो दिनमा सबैको ध्यान दीपाको सुन्दरता र फिट देखिएको फिगरमा गयो । चलनचल्तिका फिट भनिने अभिनेत्रीहरुलाई पनि दीपाले छायाँमा पारिदिईन् ।

    त्यो दिनको दीपाको रुप फिल्म निर्माता र निर्देशकको नजरमा पर्यो । त्यो दिन पछि दीपालाई सिनेमामा मुख्य अभिनेत्रीको भूमिकाका लागि अफरहरु आईरहेका छन् । आफूलाई सिनेमाका लागि आएको अफरहरुबारे कुरा गर्दै दीपाले भनिन्, “मलाई सेलिब्रेटी रनवेमा हेरेपछि निर्माता र निर्देशकहरुले सिनेमाको लागि अफर गर्नु भएको छ त्यो पनि मुख्य अभिनेत्रीको रुपमा, म त छक्क परेकी छु । यो कुरालाई लिएर अहिले म दोधारमा छु । अब मैले मुख्य अभिनेत्रीको रुपमा काम गर्छु कि गर्दिन त्यो समयले नै बताउँछ । “

    सेलिब्रेटी रनवेमा दीपा सुन्दर देखिनुमा दुई जनाको मुख्य भूमिका छ । ती हुन् डिजाईनर रोजिना श्रेष्ठ र निल डेबिट । दीपाले त्यो दिन लगाएको ड्रेस कायरा बुटिकको थियो । जसलाई डिजाईनर रोजिना श्रेष्ठले डिजाईन गरेकी हुन् । त्यस्तै दीपाको मेकअप र हेयर डिजाईन निल डेबिटले गरेका थिए । निल डेबिट आफैँमा चर्चित नाम हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *