breaking news

    सुनको भाउ तोलामा ५ सय बढ्यो

    August 10th, 2017 | by Weekly Nepal
    सुनको भाउ तोलामा ५ सय बढ्यो
    अर्थ
    0

    काठमाडौं, २६ साउन । सुनको भाउ तोलामा ५ सय तथा चाँदीको भाउ १५ रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको अनुसार सुनको भाउ तोलाको ५४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    बुधबार सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बिहीकार तोलामा १५ रुपैयाँ बढेर सात सय ५० रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *