breaking news

    सुटर पक्राउबारे गृहमन्त्रीले ढाँटे

    October 11th, 2017 | by admin
    सुटर पक्राउबारे गृहमन्त्रीले ढाँटे
    फिचर
    0

    काठमाडौं। गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ गरेको दावी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दावी पनि गरेका थिए।

    अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः४५ बजे मध्येबानेश्वर खरीबोटमा सुटरले गाडीभित्रै गोली हानेर हत्या गरेका थिए।घटनाको करिब एक घन्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउन्ड गोलीसहित तीनजना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो । छिरिङ तामाङ,सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दावी प्रहरीको थियो ।

    गृहमन्त्रीको दावीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्थ स्रोतका अनुसार काभ्रेका तीन तीनजनालाई गौचनको हत्याको आधा घन्टाअघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।
    आजको नगरिकमा खबर छापिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *