breaking news

    सिद्धिएकै हो त माओवादी केन्द्रको एजेण्डा ?

    March 20th, 2017 | by Weekly Nepal
    सिद्धिएकै हो त माओवादी केन्द्रको एजेण्डा ?
    फिचर
    1

    काठमाडौं । भारतीय डिजाइनमा वामपन्थी फुटाएर कांग्रेसको आडमा सरकारमा जानु बेठीक भएको भन्दै आवाज उठाउँदै आएका नारायणकाजी श्रेष्ठको मत माओवादी केन्द्रमा बलियो बन्दै गएको खबर छ । प्रारम्भमा उनको मत कमजोर नै थियो । ‘एजेण्डा छाडेर पार्टी सरकारमा जान मरिहत्ते गर्नु ब्लण्डर नै भएको हो, के गर्ने मेरो कुरालाई त्यति धेरै महत्व नै दिइएन । प्रचण्डको नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने, अनि एजेण्डा पनि सिद्धिने अवस्थामा के हुने ? कस्तो विडम्बना † एमालेलेभन्दा पनि माओवादीले राष्ट्रघातीको आरोप खेप्नुपर्ने ?’

    नारायणकाजीले आजभोलि माओवादी केन्द्रमा यस्ता तर्क गर्ने गरेको बताइन्छ ।उनी अझै पनि कम्युनिस्ट एलायन्सको पक्षमा रहेको र त्यसैमा जोड गर्नुपर्नेमा मत राख्दै आएको एमालेको एक उच्च स्रोतले बतायो । एमालेलाई विश्वासमा लिइ नसकेको अवस्थामा तत्काल निर्वाचन हुनसक्ने सम्भावना नरहेको, देश मुठभेडको बाटोमा जानबाट रोक्न एमालेसहितको मुख्य तीन दललाई साथमा लिने र मधेसी मोर्चालाई एउटा दूरीमा राख्नुपर्ने/ दवाव दिनुपर्ने मत श्रेष्ठको छ ।

    एजेण्डामा बलियो भएपनि संगठनात्मक रुपमा पार्टीमा कमजोर, वादल पक्षको पनि अकर्मण्यताका कारण अप्ठ्यारो पारेको भन्दै श्रेष्ठले एमालेका केही नेतालाई चिन्ता सेयर गरेको सो स्रोतले बतायो ।

    One Comment

    1. sanu says:

      Never late.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *