breaking news

    ‘सिण्डिकेटिज्म’– शरदराज गौतम

    December 26th, 2016 | by Weekly Nepal
    ‘सिण्डिकेटिज्म’– शरदराज गौतम
    साहित्य
    0

    पछिल्लो पटक बढ्दो ‘सिण्डिकेटिज्म’ले नेपाली राजनीतिलाई
    अझ बढी पत्रु र ढुसी पारेको छ ।
    नेपाली राजनीतिमा समाबेसी खोजिने प्राध्यापकीय सोचले
    श्रीमती, रखौटी र बेचबिखनको खुद्रा मूल्यसम्मको प्रतिनिधिलाई समाबेसी बनायो ।
    मुलुक अरुको खेतीमा बाँझो भो ।
    समावेसी राजनीतिमा भएन, खुद्रा मूल्यमा भो ।
    गोठहरूमा गाई बग्रेल्ती, बारीमा घाँस बग्रेल्ती
    बट्टाको दूध भित्र्याएर व्यापारी बन्ने सोचमा
    नेपाली राजनीतिमा समानुपातिक चाहने ‘देशी’ सोचले
    मुलुक अरुको बारीमा रमाउने साँढे भो ।
    समानुपातिक राजनीतिमा भएन, अरुको थुन चोर्न रमाउने बाच्छो भो ।
    अब संघीयता भिरबाट लडने पालो आउँदा
    दलीय सहमतिको नाउँमा पश्चिमाहरूले समाएको फेरोमा
    नेपाली राजनीतिको भित्री लुगा देखिएको छ ।
    अरुको जडौरीमा मुलुक नाङ्गो हुँदैछ ।
    दलहरू राज्य सुरक्षा वा नागरिक कल्याणका काममा एक देखिनु
    प्राज्ञिक र बौद्धिक विषय हुन सक्तथ्यो ।
    तर, भरौटे काममा नेपाली राजनीतिक दलहरूबीच सहमति हुनु भनेको
    नेपाली राजनीतिमा पश्चिमाहरूको नयाँ तुरुप आएको हो ।
    यसको परिणाम रखौटीहरू समावेसी प्रतिनिधि भए जस्तै हो ।
    अरुको थुनबाट दूध घुट्क्याउने समानुपातिक बाच्छो जस्तै हो ।
    स्थानीय चुनावको सन्दर्भमा तीन दलीय सहमतिको प्रसङ्ग यसैको उदाङ्गो रुप हो ।
    काम्लो बोकेर ठिमीतिर हिंडन जो सुकैलाई पनि छुट छ ।
    केवल छुट नभएको विषय भनेको बाहिरकाहरूको दासता मात्रै हो ।
    स्थानीय चुनाव देशबासीको मौलिक आवश्यक्ता हो, र अभ्यास पनि ।
    स्थानीय चुनावलाई वैदेशिक अनुदान र सहयोग खन्याउने
    फाटेको धोक्रो बनाउन खोजेकोले मात्र यतिखेर मलाई बिझेको हो ।
    न बुझिएको कति मात्रै हो भने
    पश्चिमा मनसुवा, नेपाली सहिष्णुता र सद्भावको नली हाड भाँच्नुसम्म हो ।
    बुद्धिजीवी र नागरिक अगुवाहरू सुशासनको नाउँमा झुक्किए
    मधेशीहरू विभेदको नाउँमा लम्पसार परे ।
    यतिखेर, मुलुकका राजनेताहरू बिना कुनै तार्किक निष्कर्ष
    छोटो समाधानका लागि रत्तिएका छन ।
    तिनलाई फेरि पनि यसले
    संविधानसभाले संविधान बनाएको झै लोप्पा ख्वाउने निश्चित छ ।
    मलाई लाग्दछ, स्थानीय चुनावमा तीन दलीय सहमति
    राजनीतिक दलले आफैलाई घात लगाएर सहानुभूति खोजेको ‘मासाकिष्ट’ दाउ हो ।
    मासाकिष्ट मानिस सबै दोष आफै मात्रै लिंदैन
    बरु आफूलाई घाइते बनाएर रगत्याम्म पनि पार्दछ ।
    त्यो एक प्रकारको हिंसात्मक मानसिक रोग हुन्छ ।
    आफै माथिप्रहार गरी हिंसा मच्याउने मासाकिष्ट ।
    मलाई लाग्दैन,
    समाधानका नाममा तिन दलले पुरानै संरचनामा चुनाव गराउने प्रयोजन
    राजनैतिक निकासका लागि गरे होलान ।
    यो केबल वैदेशिक चलखेलमा राजनैतिक दलहरूको ‘प्लेजरिज्म’ हो ।
    छोटो समयको चरम सुख ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *