breaking news

    समाज कल्याण परिषद् बैठक : परिषद्को कार्यालय भवनलाई मर्मतसम्भार गर्ने निणर्य

    January 11th, 2017 | by Weekly Nepal

    काठमाडौँ, २७ पुस । समाज कल्याण परिषद्को बैठकले २०७२ सालको भूकम्पबाट क्षति भएको लैनचौरस्थित परिषद्को कार्यालय भवनलाई मर्मतसम्भार गर्ने निणर्य गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहनुभएको परिषद्को बैठकले भृकुटीमण्डपमा रहेको परिषद्को कार्यालयको समेत पुनःसंरचना गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारस्थिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा परिषद्का कर्मचारीको हकहितका लागि समयसापेक्ष कर्मचारी नियमावली तथा निर्देशिका संशोधन गर्नेबारे पनि छलफल भएको परिषद्का सदस्य–सचिव डिल्ली भट्टले बैठकपछि जानकारी दिनुभयो ।

    बैठकले लामो समयदेखि हुन नसकेको कार्य सञ्चालन समिति र बोर्ड बैठक पनि राख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा परिषद्का कोषाध्यक्ष, सदस्य र सदस्य–सचिव सहभागी रहनुभएको थियो ।

    सोही अवसरमा प्रधानमन्त्री दाहालले परिषद्सँग सम्बन्धित विषयवस्तु आवश्यकताअनुसार लागू गर्दै जाने बताउनुभएको सदस्य–सचिव भट्टको भनाइ छ ।

    परिषद्ले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थालाई व्यवस्थित गर्ने भनिए पनि अधिकांश गैरसरकारी सङ्घसंस्थाले लामो समयदेखि परिषद्मा प्रतिवेदन बुझाएका छैनन् ।

    आर्थिक वर्ष २०७२÷७३ मा करिब ५०० सङ्घसंस्थाले मात्र परिषद्मा प्रतिवेदन बुझाएका छन् । परिषद्मा करिब ४२ हजार ३१९ राष्ट्रिय र २३० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आबद्ध भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *