breaking news

    सन् २०१८ को बालोन डी’आरमा आफ्नो नाम लेखाउने नेइमारको योजना

    October 12th, 2017 | by admin
    सन् २०१८ को बालोन डी’आरमा आफ्नो नाम लेखाउने नेइमारको योजना
    खेल
    0

    काठमाडौं, २६ असोज । ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन (पिएसजी) स्टार नेइमारले यो वर्ष नभए पनि अर्को वर्ष बालोन डी’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्ने योजना बनाएका छन् ।

    नेइमारले सन् २०१८ को बालोन डी’आरमा आफ्नो नाम लेखाउने योजना बनाएको स्पेनिस वेब साइट डन बालोनले दाबी गरेको छ । त्यसका लागि आउँदो वर्ष हुने विश्वकप फुटबलमा ब्राजिललाई उपाधि दिलाउने र त्यसले आफूलाई बालोन डी’ओरको यात्रा तय गराउने नेइमारको सपना छ ।

    ब्राजिलसँगै रोनाल्डो कप्तान रहेको पोर्चुगल र मेस्सी कप्तान रहेको अर्जेन्टिना पनि विश्वकपमा छनौट भइसकेका छन् । आउँदो डिसेम्बरमा घोषणा हुने यो वर्षको बालोन डी’ओरका लागि रोनाल्डो र मेस्सीसहित नेइमार पनि मनोनयनमा परेका छन् ।

    तर यसपटक पनि रोनाल्डो वा मेस्सीले अवार्ड जित्ने आंकलन गरिएको छ । यो दौडमा गएको सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डो अघि छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *