breaking news

    सदरमुकामसँग जोडिएको गाविस अझै सञ्चार सेवाबाट टाढा

    January 9th, 2017 | by Weekly Nepal
    सदरमुकामसँग जोडिएको गाविस अझै सञ्चार सेवाबाट टाढा
    समाचार
    0

    सोलुखुम्बु, २५ पुस । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन ।

    सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताउनुभयो । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन ।

    टेलिफोन गर्नका लागि अझै पनि अग्लो डाँडाडाँडा नेटवर्क खोज्दै चाहनुपर्ने गोराखानी–८ का मिङ्मार तामाङले बताउनुभयो । डाँडाडाँडामा एनसेलको नेटवर्क आए पनि नेपाल टेलिकमले प्रदान गर्ने स्काई र जिएसएमको नेटवर्कले भने कतै पनि नछोएको गोराखानीवासीको गुनासो   छ ।

    टेलिकमले केरुङ–२ पत्तालेमा विटिएस राखे पनि गोराखानीसम्म त्यसको तरङ नआउने उनीहरु बताउँछन् । टेलिकमले जिएसएमको बिटिएसमार्फत सबै गाविसमा सेवा पु¥याएको जनाए पनि हालसम्म गोराखानी गाविसमा पुग्न सकेको छैन् ।

    सञ्चार अभावमा महत्वपूर्ण खबर आदानप्रदानसमेत हुन नसकेको उनीहरुको गुनासो छ । गोराखानी–६ स्थित नयाँ गाविसको भवनमा बिटिएस राखेमा गोराखानी, टाप्टिङ र केरुङको केही भागमा समेत सेवा पुग्ने जानकारहरु बताउँछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *