breaking news

    सत्ता गठबन्धन खटपट : देउवालाई प्रधानमन्त्रीबाट हटाउन जोडघटाउ

    August 11th, 2017 | by Weekly Nepal
    सत्ता गठबन्धन खटपट : देउवालाई प्रधानमन्त्रीबाट हटाउन जोडघटाउ
    फिचर
    0

    काठमाडौं। बर्तमान सत्ता गठबन्धनका मुख्यदल कांग्रेस र माओवादी केन्द्रबीच केहि खटपट सुरु भएको संकेतहरु बाहिर आउन थालेका   छन् । राष्ट्रप्रमुख कार्यकारी हुने या सेरेमोनियल हुने भन्ने विषयमा दुई दलबीच अहिलेसम्म मतैक्यता हुन सकेको छैन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीसंग सहकार्य गर्ने राजनीतिक दलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरु झस्किएका छन् ।

    ‘माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वा्िचत कार्यकारी प्रमूख मान्नुपर्छ, हिजो आफैले मानेको एजेण्डा फेर्ने नैतिक अधिकार कांग्रेस एमालेलाई छैन’ दाहालले सार्वजनिक अभिव्यक्ति दिदै भनेका छन् ‘नेपालमा आर्थिक समृद्धि हासिल गर्न, राष्ट्रिय एकता बलियो बनाउन र वैदेशिक हस्तक्षेपबाट जोगाउन कम्तिमा ५ बर्ष स्थीर सरकार चाहिन्छ ।’ त्यो संगै दाहालले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने आफ्नो स्पष्ट अडान रहेको बताएका छन् ।

    ललितपुरमा आयोजित पार्टीको प्रदेश नं. ३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षणात्मक बैठकमा दाहालले अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने बताए । भर्खरै ६ प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एउटा गाउँपालिका जित्न ४/५ करोड खर्च भएको देखिएकोले त्योे सामान्य कुरा नभएको बताए ।

    बिहान बेलुका छाक टार्न मुस्किल हुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न नसक्ने भन्दै दाहालले नेपालको राजनीतिलाई राजनीतिप्रति इमान्दार नेता कार्यकर्ता पनि अटाउन सक्ने किसिमले परिवर्तन गर्नुपर्ने बताए ।

    धनीले मात्र जित्ने र प्रतिभा एवं जनसमर्थन भएपनि गरीबले हार्ने निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको तर्क उनको छ । पार्टीहरु बीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र बिकृतिलाई रोक्न सक्ने दाहालले बताए ।

    नेपालको राजनीतिलाई संग्ल्याउन माओवादी धारा र देशभक्तहरु एक हुनुको बिकल्प नभएको दाहालको भनाई थियो । ‘हामी निर्वाचन लड्यौं, बाबुरामजी, वैद्यजीहरु पनि चुनाव लड्नुभयो, विप्लवजीहरु हामीलाई हराउनकै लागि भए पनि चुनाव लड्नुभयो ।

    तर, जनताले उहाँहरु सबैलाई तिमीहरु माओवादी नै हो, माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिए,’ दाहालले भनेका छन् ‘हामीलाई पनि जनताले तिमीहरु एक्लैले हुँदैन, एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन् । जनताको यो आवाजलाई बुझेर अघि बढ्नु पर्छ ।

    तर, माओवादी केन्द्रका अध्यक्ष र सत्ताका मुख्य साझेदार दाहालको यो भनाई आएपछि कांग्रेसका शीर्ष तहका नेताहरुको होसहवास उडेको छ । कांग्रेससँग कार्यकारी राष्ट्रप्रमुखका लागि उठाएर जिताउन सक्ने नेता नभएको र भएपनि अन्य कम्युनिष्टहरुको जस्तो प्रचार शैली नभएकाले गाह्रो हुने भन्दै उनीहरु दाहाललाई त्यो एजेण्डाबाट पछाडि हटाउने ध्याउन्नमा उनीहरु लागेका छन् ।

    तर, दाहाल भने आफुले उठाएको एजेण्डा पारित गर्न सके प्रदेशसभा र संघीय संसद निर्वाचनमा पार्टीको आकार बढोत्तरी हुने आकलन गर्दै टसमस नगर्ने पक्षमा अडिग भएर बसेका छन् । यदि कांग्रेसका नेताहरुले आफुले उठाएको एजेण्डालाई नस्वीकार्ने अवस्था आएमा बरु सत्ताबाट बाहिरिने तर, एजेण्डा नछाडने पक्षमा दाहाल रहेको लाजिम्पाट स्रोतले बताएको छ ।

    दाहालको यो रणनीति राम्रोसंग बुझेका कांग्रेसीहरुलाई अहिलेको सत्ता र नयाँ संविधान संस्थागत गर्ने दुई निर्वाचन ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ जस्तै भएको छ । दुई दल नै आ आफ्ना एजेण्डामा अडिग रहने भएपछि यो एजेण्डाले गठबन्धन सरकार रहन्छ या ब्रेक हुन्छ, यसै भन्न सक्ने अवस्था देखिन्न ।

    न्युजअभियानबाट

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *