breaking news

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्यायाे

    March 20th, 2017 | by Weekly Nepal
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्यायाे
    स्वास्थ्य
    0

    काठमाडौँ, ७ चैत । झाडापखालाको महामारी फैलिएपछि ८३ वर्षअघि स्थापित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

    अस्पतालका निर्देशक डा रमेश खरेलले सरकारले सबै सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालना गर्दै फार्मेसी सञ्चालनमा ल्याइएको बताउनुभयो । सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने नीतिअनुरुप मन्त्रालयले सबै केन्द्रीय, अञ्चल, क्षेत्रीय, उपक्षेत्रीय तथा जिल्ला अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । सोबापत उक्त अस्पतालले रु ३० लाख बीउ पुँजी प्राप्त गरेको थियो ।

    अस्पतालकोे फार्मेसी सञ्चालनमा ल्याइएपछि अस्पताल परिसरमा सञ्चालित साझाको औषधि पसल हट्ने निर्देशक डा खरेलले जानकारी दिनुभयो । फार्मेसी सुपरभाइजर टेकेन्द्र मिश्रले अस्पतालको फार्मेसीमा अहिले करिब एक सय ५० प्रकारको औषधि रहेको र बाँकी औषधि चाँडै ल्याइने बताउनुभयो । फार्मेसीबाट बाहिरभन्दा २४सै घन्टा सस्तोमा गुणस्तरीय औषधि उपलब्ध हुने अस्पतालले जिकिर गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *