breaking news

    शास्त्रका अनुसारः आइतबार खान नहुने ५ कुरा

    March 19th, 2017 | by Weekly Nepal
    शास्त्रका अनुसारः आइतबार खान नहुने ५ कुरा
    धर्मदशर्न / जिवन शैली
    0

    काठमाडौँ।  आइतबारलाई सूर्यको दिन मानिन्छ । सूर्य ग्रहका पनि राजा हुन् । शास्त्रका अनुसार सूर्यको अनुकुल राख्नका लागि आइतबार ५ कुरा सेवन नगर्नु राम्रो हुन्छ ।

    १. मसुराको दाल – आइतबारको दिन मसुराको दाल खान अशुभ मानिन्छ । यसले सूर्यलाई बेखुसी पार्ने शास्त्रमा उल्लेख छ ।

    २ . रातो साग – आइतबारको दिन हरियो साग सेवन गरेपनि रातो साग सेवन गर्नु हुँदैन । आइतबारको दिन रातो साग अनुकुल नरहेको शास्त्रमा उल्लेख छ ।

    ३. अदुवा – आइतबारको दिन अदुवा सेवन पनि प्रतिकुल मानिएको छ । अदुवा राखेर कुनै पनि कुरा आइतबारको दिन सेवन नगरेकै बेस ।

    ४ . खिचडी – आइतबारका दिन दालको खिचडी सेवन अशुभ भनेर शास्त्रमा उल्लेख छ । मासको दालको खिचडी आइतबार सेवन गर्नु राम्रो मानिँदैन ।

    ५. मांसाहार -आइतबारको दिनमा मांसाहार राम्रो मानिँदैन । शास्त्रका अनुसार आइतबार मांसाहार गर्दा त्वचा सम्बन्धि रोग लाग्न सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *