breaking news

    विश्वकपमा छनौट हुन नसकेपछि अमेरिकी फुटबल प्रेमी निराश

    October 12th, 2017 | by admin
    विश्वकपमा छनौट हुन नसकेपछि अमेरिकी फुटबल प्रेमी निराश
    खेल
    0

    काठमाडौं, २६ असोज । विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग पारजित भएपछि अमेरिका विश्वकपमा छनौट हुन नसकेन । अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो ।

    अमेरिकालाई लगातार आठौं पटक विश्वकपको यात्रा तय गर्नका लागि अन्तिम खेल बाँकी हुँदा एक अंक मात्रै चाहिएको थियो । तर छनौट चरणका अघिल्ला ९ खेलमा एक खेल मात्रै जितेको ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएर विश्वकप यात्रा गुमाउनु समग्र अमेरिकी फुटबलका लागि राम्रो नरहेको अमेरिकी टिमका पूर्व डिफेन्डर एलेक्सी लालासले बताएका छन् ।अमेरिकी टिमको कमजोरीका कारण छनौट हुन नसकेको उनले आरोप लगाएका छन् ।

    अमेरिकी टिमका मुख्य प्रशिक्षक बु्रस एरिनाले हारको जिम्मेवारी लिएका छन् । तर आफू र टिमले गरेको काम तथा नीतिमा कुनै कमजोरी भने नरहेको उनले दाबी गरेका छन् ।

    तर अमेरिकी फुटबलको प्रशासकीय निकायका १७ निर्देशक मध्ये एक डोन्ना इ. शालालाले असफलता स्वीकार्य नरहेको र अब ठूलो परिवर्तनको समय आएको बताएका छन् । उत्तर तथा मध्य अमेरिकी क्षेत्रबाट अमेरिका छनौट हुन नसक्दा पानामाले पहिलोपटक विश्वकपमा स्थान बनायो भने होण्डुरसले प्ले–अफमा स्थान सुरक्षित गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *