breaking news

    विपद् व्यवस्थापनका लागि मौसमी राडार

    July 13th, 2017 | by Weekly Nepal
    विपद् व्यवस्थापनका लागि मौसमी राडार
    सुचना प्रबिधी
    0

    काठमाडौँ, २९ असार । जल तथा मौसम विज्ञान विभागले विपद् व्यवस्थापन तथा मौसम पूर्वानुमानका लागि सुर्खेतमा मौसमी राडार स्थापना गर्ने भएको छ ।

    करिब १५० अर्धब्यासको आकासमा स्क्यानिङ (चित्राङ्कित) गर्नसक्ने उक्त राडारबाट आकाशमा बादल भए÷नभएको, पानी के कति पर्ने भन्ने बारेमा सूचना लिन सकिनेछ ।

    आकाशतर्फ तेर्साएर राखिने सो यन्त्रले ३६० डिग्रीको कोण बनाएर त्यहाँको वास्तविक अवस्थाको तस्बिर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्र हवाई यातायातका लागि उपयुक्त भए÷नभएको अनुमान गर्न सकिन्छ । त्यसबाट विभिन्न नदीमा बाढी आउनसक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीतिसमेत बनाउन सकिने विभागले जनाएको   छ ।

    विश्व बैंकको सहयोगमा करिब रु २२ करोडको लागतमा आगामी आवभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिमतालमा हुने घटबढ तथा मनसुनमा आउने फेरबदलबारे अध्ययन गरेपछि स्थानीयवासीलाई सूचना प्रवाह गरी खतरामुक्त स्थानमा सारेर धनजनको क्षति हुनबाट बचाउन सो राडारको महत्व छ । सो कार्य सम्पन्न भएलगत्तै उदयपुर र पाल्पामा पनि यस किसिमको राडार निर्माण गर्ने योजना विभागको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *