breaking news

    लोप्चनको ‘नक्कली गोरी’ बजारमा

    April 10th, 2017 | by Weekly Nepal

    मेलम्ची, २८ चैत । गायक आस्मान लोप्चनको नयाँ गीत ‘नक्कली गोरी’को म्युजिक भिडियो बजारमा आएको छ ।

    सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा छायाङ्कन भएको उक्त म्युजिक भिडियो लोप्चनको शब्द र स्वरमा रहेको छ भने गीतको निर्देशन बुद्ध लामा तितुङले गरेका छन् । सोम लोप्चनको निर्माणमा बनेको गीतको भिडियोमा आस्मान लोप्चन र सरला सापकोटा प्रमुख भूमिकामा देखिएका छन् भने सञ्चारकर्मी किशोर बुढाथोकी, सुन्दर शिरिष र विजय नेपाललाई पनि उक्त भिडियोमा देख्न सकिन्छ ।

    लोक सेलो गायनमा प्रखर रहेका लोप्चनको ‘आस्याङको छोरी’ र ‘हिमाल पारिको गाउँ’ बोलको दुईवटा गीतको भिडियो यसअघि नै बजारमा आइसकेको छ ।

    यसअघिका गीतबाट निकै नै चर्चित बनेका तथा धेरैको मन जित्न सफल गायक आस्मानको यो तेस्रो गीति कोसेली हो । भिडियोमा मायाप्रीतिसम्बन्धी गीतहरू रहेका छन् । दर्शक तथा श्रोताले निकै माया तथा सद्भावका साथसाथै हौसला प्रदान गरेकाले नै आफूले नयाँ गीत दर्शक तथा श्रोतामाझ ल्याएको उहाँको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *