breaking news

    लुट २ को ट्रेलरले तोड्यो छक्का पञ्जाको रेकर्ड (ट्रेलर हेर्नुहाेस्)

    January 6th, 2017 | by Weekly Nepal
    लुट २ को ट्रेलरले तोड्यो छक्का पञ्जाको रेकर्ड (ट्रेलर हेर्नुहाेस्)
    मनोरन्जन
    0

    काठमाडौं । निश्चल बस्नेतको निर्देशन र माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको सिनेमा लुट २ को ट्रेलरले नेपाली सिनेमाको रेकर्ड ब्रेक गरेको छ । यस अघि युट्युबमा छोटो समयमा सबै भन्दा धेरै पटक छक्का पञ्जाको ट्रेलर हेरिएको थियो ।

    छक्का पञ्जाको ट्रेलरलाई २४ घण्टामा एक लाख ३० हजार पटक यु ट्युबमा हेरिएको थियो भने २४ घण्टा नपुग्दै लुट २ को ट्रेलर युट्युबमा दुई लाख ३२ हजार भन्दा धेरै पटक हेरिएको छ । यतिबेला लुट २ को ट्रेलर युट्युब ट्रेण्डिङको नम्बर वानमा परेको छ ।

    यस अघिको सिक्वेल लुट चलचित्रले नेपाली सिने जगतमा एउटा सानो तिनो क्रान्ति नै गरेकाले दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ । यहि कारण ट्रेलर रिलिज हुने बित्तिकै दर्शकहरु ट्रेलरमा झुम्मिएका छन् । सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायतको अभिनय लुट २ मा हेर्न पाइने छ । लुट २ फागुन १३ गते रिलिज हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *