breaking news

    लिड बल्बमा अनियमितता भन्दै सर्वोच्चमा रिट

    May 18th, 2017 | by Weekly Nepal
    लिड बल्बमा अनियमितता भन्दै सर्वोच्चमा रिट
    अर्थ
    0

    काठमाडौं, ४ जेठ । सार्वजनिक खरिद नियमावलीलाई छलेर भारतीय कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सँग लिड बल्ब खरिदका लागि अपारदर्शी निर्णय भएको भन्दै त्यसलाई रोक्न माग राखेर बुधबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

    भारतीय कम्पनी ईईएसएलबाट राष्ट्रलाई भार पर्ने गरी दुई करोड थान लिड बल्ब खरिद गर्ने तयारी भइरहेको दाबीसहित अधिवक्ता नारायण चौलागाईं र लेखनाथ भट्टराईद्वारा रिट दायर गरिएको हो ।बोलपत्रबिनै खरिद कार्यका लागि नेपाल विद्युत् प्राधिकरणबाट चैत १३ गते समझदारीपत्र भएको भन्दै रिटमा तत्काल खरिद रोक्न माग छ ।

    नेपाल र भारत सरकारका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटीको गत असार १३ र १४ गते सम्पन्न तेस्रो बैठक र फागुन २ र ३ मा सम्पन्न चौथो बैठकको निर्णयअनुरूप लिड बल्ब खरिद बिक्रीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भारत सरकारले ईईएसएल कम्पनीलाई तोकिएको दाबी रिटमा छ ।त्यस्ता बल्वहरू दुई अर्ब आठ करोड रुपैयाँमा खरिद गरिने र उपभोक्तालाई प्रतिबल्ब १ सय ३५ रुपैयाँदेखि १ सय ४० सम्ममा बिक्री गर्ने प्रस्ताव गरिएको छ ।

    यसरी खरिद गर्दा लाग्ने रकम सरकारले विद्युत् प्राधिकरणलाई ऋणस्वरूप उपलब्ध गराउने भनिएको थियो । लिड बल्ब खरिदका लागि मन्त्रिपरिषद्को गत वैशाख २१ गतेको बैठकले सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
    खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *