breaking news

    लागु औषध मानिने गाँजाको दृश्य झल्काउँदै फिल्मको फर्स्टलुक आउट

    January 5th, 2017 | by Weekly Nepal
    लागु औषध मानिने गाँजाको दृश्य झल्काउँदै फिल्मको फर्स्टलुक आउट
    मनोरन्जन
    0

    काठमाडौं । लागु औषधको रुपमा लिईने गाँजाको प्रयोगलाई नेपालको कानुनले अबैध भन्छ । यसको प्रयोग त अबैध भयो नै, कुनै ब्राण्डको नाममा समेत गाँजा जोड्न नपाइने कानुनले नदिने हवाला मार्केटमा छ । ‘गाँजाबाजा’ नाम दिएर बनेको फिल्मको नामलाई चलचित्र विकास वोर्डले आधिकारिकता दिएन, उक्त फिल्मको नाम पास नहुँदै गर्दा मुद्धा अझै अदालतमा विचाराधिन छ ।

    यो बीचमा ‘केटिएम ककटेल’ नामको एक फिल्मको पोस्टर आउट भएको छ । ड्रग्सको अवैध कारोबारको विषयमाथी बनेको भनिएको फिल्मको पोस्टरमा नै नेपाली कानुनले अवैध मान्ने ‘गाँजा’को पातलाई झल्काईएको छ । प्राप्त फर्स्टलुक पोस्टरमा एक पात्र ‘मास्क’ र चस्मा लगाएको देखिएका छन्, जहाँ उनले प्रयोग गरेको ‘मास्क’मा गाँजाको पात झल्किएको   छ ।

    जुन कुराले चलचित्र क्षेत्रको सर्वोच्च संस्था मानिने विकास वोर्डको ध्यान पुनः एकपटक यो विषयतर्फ केन्द्रित हुन्छ कि हुन्न भन्ने बहस समेत उब्जाएको छ । फिल्मका निर्देशक अनुष्क रौनियार हुन् । विकास लम्साल, संगीत सापकोटा र ए वानराज उप्रेती लिड अभिनयमा रहेको बताईएको छ ।

    फिल्मीखबरबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *