breaking news

    ‘लभ साशा’ नयाँ गीतमा केकी र कर्माको प्रेमकथा (भिडियो)

    January 10th, 2017 | by Weekly Nepal
    ‘लभ साशा’ नयाँ गीतमा केकी र कर्माको प्रेमकथा (भिडियो)
    मनोरन्जन
    0

    काठमाडौं । यहि पौष २८ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लभ साशा’को नयाँ गीत रिलिज गरिएको छ । मेलोडियस लाग्ने गीतमा लिड कलाकार केकी अधिकारी र कर्मा शाक्य फिचरिङमा छन् ।

    सुमधुर संगीत अनि स्वरले सजिएको गीत युवापुस्ता त्यो पनि प्रेम रुचाउनेहरुको लागी आकर्षण बन्नसक्छ । फिल्ममा स्वर आसिफ शाह र श्रेया सोताङको छ । संगीत एरेञ्ज शैलेश श्रेष्ठले गरेका छन् ।

    प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मका निर्माता माधव वाग्ले हुन् । फिल्ममा प्रस्तुत गीतका गायक समेत रहेका आसिफ पनि लिड अभिनयमा छन् । पर्यटकिय नगरी पोखरा आसपास खिचिएको फिल्मले माया प्रेमको कथा पेस गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *