breaking news

    रोल्पाका ५० प्रतिशत जनता टेलिफोनको पहुँचमा

    January 3rd, 2017 | by Weekly Nepal
    रोल्पाका ५० प्रतिशत जनता टेलिफोनको पहुँचमा
    समाचार
    0

    रोल्पा, १९ पुस । रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ । जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकद्वारा वितरण गरिएका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन् ।

    जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताउनुभयो । भौगोलिक दुर्गमताका कारण जिल्लाका सबै ठाउँमा समान पहँुच नभएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

    पहुँच नभएका स्थानमा थप पहुँच विस्तार गर्ने भन्दै जिल्लाका भावाङ, जेल्वाङ र मसिनालगायतका स्थानमा टावर विस्तार गरिन लागेको नेपाल टेलिकम रोल्पाले बताएको छ । साथै, जिल्लाका अन्य गाविसमा समेत पहुँच विस्तारका लागि सर्भेको काम सकिएको र निर्माण कार्य अगाडि बढाउन लागेको बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *