breaking news

    रोनाल्डो र मेस्सीलाई विस्थापित गर्ने तीन खेलाडी

    May 13th, 2017 | by Weekly Nepal
    रोनाल्डो र मेस्सीलाई विस्थापित गर्ने तीन खेलाडी
    खेल
    0

    काठमाडौँ, ३० वैशाख । चेल्सीका इडन हजार्डले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई विस्थापित गर्न सक्ने तीन खेलाडीको नाम लिएका छन् । गएको १० वर्षदेखि उत्कृष्ट खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोको दबाब रहँदै आएको छ ।

    हजार्डलाई पनि बालोन डी’ओर जित्न सक्ने क्षमताको खेलाडीको रुपमा हेरिएको छ । २६ वर्षका हजार्डले स्काई स्पोर्टससँगको कुराकानीमा उनले भने ‘एक दिन मैले पनि बालोन डी’ओर जित्छु भन्ने आशा छ, तर नजिते पनि कुनै समस्या छैन ।’ आफ्नो करिअर राम्रो बनाउन प्रयास गर्ने र अरु खेलाडी पनि त्यसका लागि तयार रहेको उनले बताए ।

    रोनाल्डो र मेस्सी सन्यासलिएपछिका केही वर्ष उत्कृष्ट खेलाडीको होडमा नेइमार, पाउल पोग्बा र एन्टोनी ग्रिजम्यान रहने उनको भनाई छ । यस्तै अर्जेन्टिनाका पाउलो डिबाला पनि राम्रो खेलाडी रहेको हजार्डको भनाई छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *