breaking news

    रुस्लान कप क्रिकेट : नेपाल पुलिसको जित

    January 10th, 2017 | by Weekly Nepal
    रुस्लान कप क्रिकेट : नेपाल पुलिसको जित
    खेल
    0

    काठमाडौँ, २६ पुस । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

    पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार ग¥यो । पुलिसका ब्याट्सम्यान सुनील धमलाले सर्वाधिक ५४ रनको योगदान दिए ।

    त्यस्तै, दिलीप नाथले २६ तथा कुशल भुर्तेलले नटआउट ३३ रन जोडे । एकसय ८४ रनको लक्ष्य पच्छ््याएको हिमालयन क्रिकेट एकेडेमी भने १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

    हिमालयनका लागि भुपेन्द्र थापाले ७३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको थियो ।

    महिला डबल लिग भलिबल प्रतियोगिता
    सशस्त्र प्रहरी बल (एपिएफ) ले १२ औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा जित हासिल गरेको छ ।

    नयाँबसपार्कमा आज भएको खेलमा एपिएफले पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घलाई ३–१ सेटले पराजित गर्दै विजयी भएको हो । एपिएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले गुमाएको थियो । यद्यपि लगातार तीन सेट २५–१२, २५–७ र २५–१५ ले आफ्नो पक्षमा पार्दै ३ अङ्क बट्ल्यो । चार खेल खेलेको एपिएफ चारै खेलमा जित हासिल गर्दै १२ अङ्क जोडेको छ ।

    त्यसैगरी आजै भएको अर्को खेलमा पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै विजयी भयो । पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई २५–११, २५–३ र २५–८ को सोझो सेटमा हराउँदै लिगमा पहिलो सफलता हात पा¥यो ।

    त्यसैगरी अर्को विभागीय टोली नेपाल आर्मीले न्युडायमण्ड स्पोट्र्स क्लबलाई २५–२२, २५–१७ र २५–१२ को सोझो सेटमा हराउदै तीन अंक जोडेको छ । आर्मीले चार खेलबाट ९ अङ्क बटुलेको छ ।

    अर्को खेलमा पनि न्युडायमण्ड स्पोट्र्स क्लबले पराजय बेहो¥यो । उसलाई आयोजक ढोरपाटन स्पोट्र्स क्लबले २५–१५, २५–९ र २५–१९ को सोझो सेटमा हरायो । ढोरपाटन चार खेलबाट ५ अङ्क बनाउन सफल भयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *