breaking news

    रियल मड्रिड भर्सेस बार्सिलोना : अपराजित यात्राको तुलनामा को अघि ?

    January 8th, 2017 | by Weekly Nepal
    रियल मड्रिड भर्सेस बार्सिलोना : अपराजित यात्राको तुलनामा को अघि ?
    खेल
    0

    काठमाडौं, २४ पुस । स्पेनिस ला लिगा लिडर रियल मड्रिडले लगातार ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गर्‍यो ।

    रियल मड्रिडले ला लिगा अन्तर्गत शनिबार बेलुका भएको खेलमा ग्रनाडालाई ५–० ले हराउँदै बार्सिलोनाले गएको वर्ष बनाएको कीर्तिमानसँग बराबरी गरेको हो । रियल गएको अप्रिल यता कुनै पनि खेलमा पराजित भएको छैन ।

    बार्सिलोना र रियल मड्रिडको ३९ खेलको अपराजित यात्राको तुलना गर्दा बार्सिलोना गोलमा अघि देखिएको छ । बार्सिलोना गएको सिजन ३९ खेलमा अपराजित रह्यो । त्यसमा ३० खेलमा जितेको बार्सिलोना ९ खेलमा बराबरीमा रोकिएको थियो । यसक्रममा उसले एक सय २२ गिोल गरेको थियो भने मात्रै २३ गोल खाएको थियो ।

    रियल मड्रिड अहिले ३९ खेलमा अपराजित छ । यसक्रममा बार्सिलोना जस्तै रियल पनि ३० खेलमा विजयी भएको छ भने ९ खेलमा बराबरीमा रोकिएको छ । तर यि खेलमा रियल मड्रिडले गएको सिजन ३९ खेलमा अपराजित रहने क्रममा बार्सिलोनाले गरे भन्दा थोरै गोल गरेको छ । रियल मड्रिडले अहिले एक सय १३ गोल गरेको छ भने ३४ गोल खाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *