breaking news

    रातमा घरबाहिर कुकुर रुनुले यस्तो संकेत दिन्छ !

    September 12th, 2017 | by Weekly Nepal
    रातमा घरबाहिर कुकुर रुनुले यस्तो संकेत दिन्छ !
    धर्मदशर्न / जिवन शैली
    0

    काठमाडौं। तपाई आफैँ भन्नुहोस्, यदि रातको समयमा कुनै जनावरको चर्को आवाज वा रोएको आजाव सुन्नुहुन्छ भने तपाई कस्तो महसुश गर्नुहुन्छ ? सबैभन्दा पहिले हामी कुनै न कुनै किसिमको अशुभ संकेत मान्ने थाल्छौँ ।

    प्राचिन मान्यताअनुसार यदि रातको समयमा घरको बाहिर कुनै कुकुर रोएको आवाज आउँछ भने यो आउँन लागेको मृत्युको सूचक हो वा भविष्यमा आउन लागेको संकटलाई दर्शाउछ भनिन्छ । त्यसैले जब घरको बाहिर कुनै कुकुर रुन्छ भने त्यसलाई खेद्ने वा भगाउँने गरिन्छ ।

    तर, के कुकुर रुनु साच्चिकै कुनै पनि अशुभ संकेत हो ? वा यो पनि अन्य भ्रामक मान्यताहरु जस्तै यो पनि एक बिना आधारको कुनै सोच    हो । यसको उत्तर जवाफ कुकुर रुनुको वैज्ञाजिक आंकलनपछि जान्न सकिन्छ । वैज्ञानिकअनुसार, हामी जुनलाई कुकुर रोएको भन्छौ, वास्तवमा त्यो रोएको नभएर आफ्नो अर्को साथीसम्म एक विशेष प्रकारको संन्देश पुर्याउँन भुकेको हुन्छ । ऊ रोएको नभएर आफ्नो साथीलाई आफू रहेको ठाउँ थाहा होस् भन्ने हुन्छ ।

    यसबाहेक यदि कुनै कुकुरलाई समस्या परिरहेको हुन्छ, तब ऊ आफ्नो साथीहरुलाई रोएको जस्तै आवाजबाट बोलाउँछ । कुकुरले तिखो आवाज सहन सक्दैन, त्यसैले ऊ विस्तारै–विस्तारै कराउँछ, जसलाई हामी रोएको सम्झन्छौँ ।

    मानिसलाई जस्तै कुकुरलाई पनि एक्लो रहन मन पर्दैन । त्यसले जब ऊ एक्लो महसुश गर्न तब आफ्नो साथीहरु बोलाउँन भुक्न थाल्छ । तर, हामी यसलाई रोएको सम्झेनु गल्ती भनिएको छ । त्यसैले, यदि तपाईको घरबाहिर पनि कुकुर रोएजस्तो सम्झेर खेद्ने काम नगर्नुहोस् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *