breaking news

    ‘योगको साधनाले अलौकिक शक्ति प्राप्त हुन्छ’

    April 17th, 2017 | by Weekly Nepal
    ‘योगको साधनाले अलौकिक शक्ति प्राप्त हुन्छ’
    साहित्य
    0

    काठमाडौँ, ४ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीले ध्यान, ज्ञान र योगको साधनाले मानिसलाई अलौकिक शक्ति प्राप्त हुने बताउनुभएको छ ।

    स्वयम्भूस्थित त्रिकुटा गुरुधाम नेपालको नवनिर्मित भवनको उद्घाटन समारोहमा उहाँले मन र शरीरलाई जोड्ने काम योगले गर्ने बताउँदै ध्यान तथा ज्ञानले विश्व ब्रह्माण्डको खोजी गर्न सक्ने बताउनुभयो ।

    गुरु त्रिकुटानन्दले सर्वसाधारण मानिसमा आउने नकारात्मक तरङ्गलाई न्यूनीकरण गर्न योग तथा ध्यानको महत्व रहेको बताउँदै आहारविहारमा सन्तुलन कायम राखेमा स्वस्थ्य बन्न सकिने बताउनुभयो ।

    त्रिकुटा गुरुधाम नेपालका अध्यक्ष रेवतीरमण अधिकारीले आध्यात्मिक चिन्तन तथा अभ्यासबाट मानिसले बुद्धत्व प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको गुरुधाममा विभिन्न योग तथा साधनाका साथै ‘एक कदम सत्ययुगतिर’ भन्ने अभियान सञ्चालन गरिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *