breaking news

    यी दिशामा बिर्सेर पनि मनी प्लान्ट नराख्नुहोस् !

    March 14th, 2017 | by Weekly Nepal
    यी दिशामा बिर्सेर पनि मनी प्लान्ट नराख्नुहोस् !
    धर्मदशर्न / जिवन शैली
    0

    काठमाडौँ। वास्तुशास्त्रमा हरेक विरुवाको लागि एक दिशा निर्धारित छ । यदी सही दिशामा विरुवा लगाइयो भने त्यसबाट पाउन सक्ने फाइदा र फल पाईन्छ । नत्र लगाउनु र नलगाउनुको कुनै अर्थ रहँदैन ।

    यदि हामीले सहि दिशामा बिरुवा लगाएनौ भने त्यसले नोक्सान मात्र गर्छ । जस्तो कि घरमा मनी प्लान्ट लगाउनाले धन र सुख–समृद्धि बढ्छ भनिन्छ । तर त्यसलाई गलत दिशामा लगाईयो भने त्यसको कारण धनको नोक्सान व्यहोर्नु पर्छ ।

    कुन दिशामा लगाउँदा नोक्सान पुर्याउँछ ?

    मनिप्लान्टका लागि सबैभन्दा नराम्रो दिशा इशान कोण हो अर्थात उत्तरपूर्व दिशा । यस दिशामा मनिप्लान्ट लगाउनाले धनको वृद्धिको साटो नोक्सान मात्र हुन्छ । यस दिशामा लगाईएको मनि प्लान्टका कारण घरमा धनको साथसाथै घरको मानिसको स्वास्थ्य र सम्बन्धमा पनि नकारात्मक असर पु¥याउँछ ।

    कुन दिशामा लगाउनाले फाईदा हुन्छ ?

    मनिप्लान्ट लगाउनको लागि दक्षिण पूर्व दिशा सबैभन्दा उत्तम दिशा मानिन्छ । यस दिशामा मनिप्लान्ट रोपे, भगवान गणेशले अमंगलको नाश गर्ने र सुख समृद्धि बढाउने विश्वास छ । त्यसैले दक्षिणपूर्व दिशामा मनिप्लान्ट लगाउनाले यसको फल राम्रो र सकारात्क सोच मिल्छ । घरका सदस्यको स्वास्थ्य एवं सम्बन्ध राम्रो हुन्छ र धनको बृद्धि हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *