breaking news

    यहि हो तालमेल ? माओवादी केन्द्रका कार्यकर्ता बुरुक्क बुरुक्क !

    May 17th, 2017 | by Weekly Nepal
    यहि हो तालमेल ? माओवादी केन्द्रका कार्यकर्ता बुरुक्क बुरुक्क !
    फिचर
    0

    चितवन । भरतपुर महानगर पालिकाको मतगणना परिणामले माओवादी केन्द्रका कार्यकर्ताहरु आक्रशित भएको खबर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री समेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनेपछि भरतपुरको चुनावी परिणामप्रति सबैको चासो बढिरहेका बेला सोहि पार्टीका कार्यकर्ताहरुमा आक्रोस र निरास देखिएको छ ।

    यहि हो तालमेल भन्दै चितवनमा माओवादी केन्द्रका कार्यकर्ता बुरुक्क बुरुक्क उफ्रिएकाछन् । पछिल्लो मतगणना अनुसार, माओवादी काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई पछाडि पार्दै एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् ।उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार दिव्या शर्मा नै अगाडि छिन् ।

    कांग्रेस र माओवादी केन्द्रको तालमेल भएपनि तल्लो तहको वडामा त्यस्तो स्थिति देखिएको छैन् ।कांग्रेसका कट्टर कार्यकर्ताले उपमेयरमा भोट हालेपनि मेयरमा भोट क्रस गरेको आशंका गरिएको छ । मेयरमा उठेकी रेणु दाहालभन्दा कांग्रेस उपमेयरमा उठेकी पार्वतीको मत बढी देखिएको छ ।

    हालसम्मको चुनावी परिणामबाट भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको तालमेल भन्दा एमाले एक्लैले बढी मत ल्याएको देखिन्छ ।
    भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *