breaking news

    यस्तो छ संशोधन असफल पार्ने एमालेकाे रणनीति

    January 12th, 2017 | by Weekly Nepal
    यस्तो छ संशोधन असफल पार्ने एमालेकाे रणनीति
    समाचार
    0

    काठमाडौं, २८ पुस । प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलदेखिका बाँकी सबै प्रक्रियामा विरोध गर्ने भएको छ। संशोधन विधेयक पारित हुन नदिने रणनीतिमा एमाले छ।

    भद्र विरोधलाई कमजोरी ठानेर सरकारले संसदीय अभ्यास र परम्पराविपरीत संशोधन विधेयक पेस गरेको निष्कर्षसहित एमाले त्यो विधेयक फिर्ता लिनुपर्ने अडानमै छ ।

    विधेयक असफल बनाउन विपक्षी ९ दलबीच एकता कायम राख्दै सीमांकन हेरफेरको विरोधमा रहेका राप्रपालगायतका दललाई पनि विपक्षमा रहन एमालेले ‘कन्भिन्स’ गर्दै छ।

    एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापासँग पटक–पटक अनौपचारिक वार्तासमेत गरिसकेका छन् । अवरोधबीच संशोधन अघि बढ्न नसक्ने बताए पनि एमाले प्रक्रियामा जाँदा सत्तापक्षलाई कमजोर बनाउने रणनीतिमा छ ।निर्वाचनसँग जोडिएका विधेयक छिटो पारित गर्न एमालेले सहयोग गर्ने भएको छ ।

    ‘हामीले संशोधनको मामिलामा अवरोध गरेका हौँ,’ एमाले नेता अग्नि खरेलले भने, ‘तर, संविधान कार्यान्वयनका मामिलामा हामी सदन अवरोध गर्दैनौँ, सरकारले गल्ती नै गरेछ भने पनि सच्याएर भए पनि अघि बढ्न एमाले तयार छ ।’
    आजको नयाँ पत्रिकाबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *