breaking news

    यसकारण भयो गुगल कम्पनीमा खलबली

    August 10th, 2017 | by Weekly Nepal
    यसकारण भयो गुगल कम्पनीमा खलबली
    सुचना प्रबिधी
    0

    काठमाडौं। कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।
    गुगलमा कार्यरत एक सफ्टवेयर इन्जिनियरले एक गोपनिय नोटमा शीर्ष प्राविधिक पदमा महिला नियुक्त नहुनुको कारण पुरुष र महिलाबिच रहेको जैविक अन्तर रहेको उल्लेख गरेका थिए । उनले लैंगिक अन्तरलाई लैंगिक विभेदका रुपमा बुझ्न नहुने पनि लेखेका थिए ।
    उनले लेखेको विचार बाहिरिएपछि अहिले गुगल कम्पनीमा खलबली मच्चिएको छ ।

    धेरैले ति इन्जिनियरको आलोचना गरेका छन् । तर उनले भने गुगलबाट धेरै साथीले आफ्नो विचारप्रति आभार प्रकट गर्दै सन्देश पढाएको बताएका छन् । कम्पनीको इन्टरनल डिस्कशन बोर्डमा पोस्ट गरिएको यो विचार प्रविधि सम्बन्धी वेब साइट गिजमोडोले प्रकाशित गरेको    छ । इन्जिनियरको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

    जैविक रुपमा महिला र पुरुषबिच रहेको विविधका कारण क्षमता अलग अलग रहने गरेको र यसै कारण प्राविधिक पदको शीर्ष तहमा महिला पुरुष भन्दा निकै रहने गरेको उनले दाबी गरेका छन् । आम रुपमा महिलाले समाज कल्याण वा कला क्षेत्रको तथा पुरुषले कोडिङ्ग क्षेत्रको जागिर रुचाउने गरेको पनि उनले उल्लेख गरेका छन् ।

    यस विषयमा प्रतिक्रिया दिँदै गुगलका नयाँ विविधता (डाइभर्सिटी) उपप्रमुख डेनियल ब्राउनले आफू तथा कम्पनी दुवैले इन्जिनियरको भनाईको समर्थन वा प्रोत्साहन नगर्ने बताए । कम्पनीलाई विविधताले भरिपूर्ण र समावेशी बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाई छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *