breaking news

    यसकारण टुट्यो माधुरीर संजयको प्रेम सम्बन्ध

    May 13th, 2017 | by Weekly Nepal
    यसकारण टुट्यो माधुरीर संजयको प्रेम सम्बन्ध
    मनोरन्जन
    0

    काठमाडौं । संजय दत्तको बायोपिकमाथी बनिरहेको राजकुमार हिरानीको फिल्ममा कयौं उतार-चढाव देख्न मिलिरहेको छ । खबर त यो पनि बाहिर आएको छ कि माधुरी दीक्षितले संजय दत्तलाई फोन गरेर भनेकी थिइन कि बायोपिकमा उनको पास्टको बारेमा नदेखाइयोस् ।

    तर, माधुरीले यो कुराको खण्डन गर्दै भनेकी छिन्, ‘यस्तो खबर कहाँबाट आइरहेको छ, मलाई थाहा छैन् । म लाइफमा निकै अगाडि बढिसकेको छु र मलाई यस्ता कुनै पनि कुराले असर गर्दैन ।’ बताइदिउँ, ९० को दशकमा माधुरी दीक्षित र संजय दत्त लभस्टोरीका कारण निकै चर्चामा थिए ।

    ८० को दशकको अन्तिम बर्षमा माधुरी दीक्षितको गन्ती बलीउडको टप एक्ट्रेसेसमा हुन लागेको थियो । उनको ‘तेजाब’ र ‘दिल’ जस्ता फिल्म ब्लकबस्टर सावित भएका थिए । १९९१ मा आएको फिल्म ‘साजन’ को छायांकनको क्रममा संजय र माधुरी नजिक भएका थिए ।

    फिल्ममा रोमान्स गर्दैगर्दा उनीहरुले एकअर्कालाई दिल दिएर बसे । फिल्म रिलिज भयो र बल्कबस्टर पनि सावित भयो । यो जोडीलाई दोस्रो पटक फिल्म ‘खलनायक’ का लागि साइन गरियो । फिल्ममा माधुरीको जोडी ज्याकी श्राफसँग बाँधिएको थियो, तर स्क्रीनमा माधुरी बढी जसो संजयसँग नै देखिइन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *