breaking news

    मुलुकलाई अव समृद्धितर्फ लैजानुपर्छ – मन्त्री जोशी

    January 11th, 2017 | by Weekly Nepal
    मुलुकलाई अव समृद्धितर्फ लैजानुपर्छ – मन्त्री जोशी
    समाचार
    0

    पाल्पा, २७ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक समृद्धिबिना मुलुकको विकास नहुने हँुदा उद्योग क्षेत्रको विकासका
    लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

    रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम रामपुर महोत्सव तथा व्यापार मेलाको आज रामपुरमा उद्घाटन गर्दै मन्त्री जोशीले मुलुकलाई अब आर्थिक समृद्धितर्फ लैजानुको विकल्प नभएको बताउनुभयो । नेपाली उद्योगमा विदेशी लगानी भित्र्याउन औद्योगिक कानुन समस्या रहेकाले त्यसलाई अब केहीदिनभित्रै संसद्बाट संशोधन गरी पारित गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।

    मुलुकमा विगतमा सञ्चालन भएर बन्द भएका हेटौँडा कपडा उद्योग र नेपाल औषधि उद्योगलाई पुनःसञ्चालन गर्न वर्तमान सरकार लागिरहेको मन्त्री जोशीले बताउनुभयो । सो अवसरमा मन्त्री जोशीले रामपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि संभाव्यता अध्ययन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

    आगामी माघ ८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने र करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो । मेलामा दुई सय व्यापारिक कक्ष, २६ होटल तथा रेष्टु राँ, चारवटा अटोमोबाइल्स र फोटो प्रदर्शनी कक्ष रहेका छन् ।

    मेलामा संसारकै ठूलो पक्षी अष्ट्रिज, ऊट, अजिङ्गरलगायतका जनावर भएको चिडियाघर, हात्तीबाट बजार सयर गराउने व्यवस्था, रोटेपिङ, चर्खेपिङ, झुला, फुच्चे रेललगायतको व्यवस्था गरिएको छ । स्थानीय सँस्कृति झल्कने गीत, नृत्य, ठाडोभाका, पन्चेबाजा, रोइलालगायत कार्यक्रम तथा हेलिकप्टरबाट रामपुर उपत्यकालगायत हिमाल, पहाड र तराईका मनोरम दृश्य अवलोकन, दुर्लभ फोटो र भिडियो प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *