breaking news

    महाकविको ‘मृत्युशैया’ मा आधारित गीत सार्वजनिक(भिडियो)

    July 14th, 2017 | by Weekly Nepal
    महाकविको ‘मृत्युशैया’ मा आधारित गीत सार्वजनिक(भिडियो)
    मनोरन्जन
    0

    काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम चरणमा ‘मृत्युशैया’ कविता लेख्नुभएको थियो । त्यसै गीतको मर्मलाई व्याख्या गर्ने उद्देश्यसाथ मनिष बशिष्ठले ‘म को नै पो हु“ र’ गीत लेखे जसलाई अकिंतबाबु अधिकारीले गाएका छन् । सुशान्त गौतमले गीतको कम्पोजिसन गरेको भिडियोलाई आलोक लम्सालले निर्देशन गरेका छन् ।

    तमा एउटा पात्र छ जो आर्यघाटमा बसेर आत्मलाप गरिरहेको छ । जो घरी आफै जलिरहेको देख्छ त कतिखेर दर्शक बनेर चितास“गको आफ्नो दूरी नाप्छ । मरिसकेपछिका दृश्यहरु उसका अगाडि आइपुग्छन् ।

    आफन्तहरु रुन्छन्, उसलाई फर्केर हेर्ने बाहाना खोजिन्छन् केही क्षण । तर ती समेत बिस्तारै बिर्संदै जान्छन् । त्यसरी सजिलै सकिने जीवनलीलामा घमण्ड, लोभ, ईश्याहरु बेकार हुन् भन्ने गीतको मर्म छ । यही स्वभावका कारण गीतको कम्पोजिसन, गायनमा एकखाले एक्सपेरिमेन्ट गरिएको छ ।

    यसअघि आस्तिकतामाथिको व्यङ्ग्य बोल्ने ‘राम नाम’ र भारतीय नाकाबन्दी सम्झाउने ‘नौ फुटे भूत’ गाइसकेका अंकित अधिकारी गायनका लागि रोजाइमा परेका हुन् । गीतको भिडियो अधिकांश पशुपति आर्यघाटमा छायांकन गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *