breaking news

    मन्त्री र माननीय हुन पनि यो पार्टीबाट अब गाह्रो छ – जयन्त चन्द राप्रपा

    August 3rd, 2017 | by Weekly Nepal
    मन्त्री र माननीय हुन पनि यो पार्टीबाट अब गाह्रो छ – जयन्त चन्द राप्रपा
    अन्तरबार्ता
    0

    (प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुरुदेखि नै सरकारमा सहभागी बन्न उत्सुक देखिएको थियो । राप्रपाले सरकारमा सहभागी हुनकै लागि वार्ता समिति समेत बनाएको थियो । समितिले केही चरणमा वार्ता समेत गरेको थियो । तर, अन्तिममा राप्रपाले बनाएको वार्ता समितिसँग कुनै छलफल नै नगरी प्रधानमन्त्री देउवाले १९ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेपछि राप्रपाले अपमान महसुस गरेको छ । यसकै प्रतिक्रियास्वरुप राप्रपाले सरकारमा सहभागी हुने अध्याय नै समाप्त भएको घोषणा गरेको छ । यही मेसोमा हामीले सरकारबारे छलफल गर्न राप्रपाद्वारा गठित समितिका संयोजक जयन्त चन्दसँग सरकारमा सहभागी नहुने भनेर राप्रपाले गरेको निर्णय अलि हतारको भएन र भनेर सोधेका छौं । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दका पुत्रसमेत रहेका जयन्तको निजी जीवनको पाटो खोतल्ने प्रयास समेत यो संवादमा गरिएको छः सम्पादक)

    ० राप्रपाले सरकारमा नजाने भनेर घुक्र्याएको हो कि साच्चै कठोर कदम चालेको हो ?

    – घुक्र्याएको होइन, साच्चै नजाने निर्णय गरेका हौं ।

    ०हठात यस्तो निर्णय चाहिँ किन गर्नुभएको त ?

    – सरकारबारे छलफल गर्न हामीहरूको वार्ता टोली गठन भएको थियो । दुई चरणमा हामीले असार १४ अगाडि कुराकानी पनि ग¥यौं । निर्वाचनमा केन्द्रित हुनुपर्ने सबैको आवश्यकता भएकाले चुनावलगत्तै वार्ता गर्ने सहमति बनेको थियो, कांग्रेस, माओवादी र राप्रपाको वार्ता टोलीबीचमा । दोस्रो चरणको निर्वाचनपछि कांग्रेस–माओवादीले अनेक चरणमा छलफल गर्नुभयो । तर, म संयोजक रहेको वार्ता टोलीलाई कुनै पनि छलफलमा बोलाइएन ।

    ० वार्ता गर्नुपर्यो भनेर कांग्रेस–माओवादीलाई भन्नु भएन त ?

    – कांग्रेस–माओवादीले सरकार गठनबारे छलफलमा नबोलाएपछि हामीले नै छलफलको प्रस्ताव एक–दुई पटक गर्यौं । उहाँहरूले हुन्छ पनि भन्नुभयो । तर, हामीलाई सम्झ“दै नसम्झी उहा“हरूले सरकार विस्तार गर्नुभयो । हाम्रो जानकारीविनै मन्त्रीमन्डल विस्तार भएपछि हाम्रो सरकारमा जाने ढोका बन्द भयो र नजाने भनेका हौं ।

    ० केही थान मन्त्री अझै पनि रिक्त नै छन् । केही समय प्रतीक्षा गर्न गरेको भए त्यो राप्रपाको भागमा पनि पर्न सक्थ्यो । किन तातो खाऊ जल्दी मरौं भने जस्तो गर्नु भएको त ?

    – हेर्नुस्, मन्त्री हुनु मात्रै हाम्रो उद्देश्य होइन । सबैभन्दा ठूलो कुरा आत्मसम्मान हो । राप्रपालाई त २–४ वटा मन्त्रालय जतिबेला फाल्दिए पनि हुन्छ भन्ने भ्रममा कांग्रेस–माओवादी परेजस्तो मलाई लाग्छ । हेर्नुस्, हामी त निकै लचक भएर प्रस्तुत भएका थियौं । पहिले मापदण्ड तयार पारेर मन्त्रिमन्डल बनाऊ भन्ने हाम्रो राय थियो । सरकारको न्यूनतम कार्यक्रमबारे पनि हामीले प्रस्ताव राखेका थियौं । तर, यो विषयमा प्रवेश नै नगरी सरकारले ढोका बन्द गरेको छ ।

    ० प्रमुख सत्तासाझेदार दल कांग्रेस–माओवादीले राप्रपालाई किन यस्तो हेलत्तो गरेका होलान्, केही विश्लेषण गर्न पनि भ्याएको छ कि ?

    – शेरबहादुर देउवा संविधानको संशोधन पारित गर्ने प्रतिबद्धतामा टेकेर प्रधानमन्त्री हुनुभएको सर्वबिदितै छ । तर, उहा“हरू यो संशोधन पारित गराउन यतिबेला उत्सुक हुनुहुन्न । हामीलाई बाहिर राख्दा संशोधन नहुने भएकाले नै कांग्रेस–माओवादीले राप्रपालाई सरकारमा सामेल नगराएका हुन् । अन्यथा हरेक कुरामा सहयोग गरेको पार्टीलाई बाहिर राख्नुको कारण के हुनसक्छ ?

    ०सरकारमा जाने ढोका बन्द गरेपछि राप्रपा अलि बिक्षिप्त बनेको हो ?

    – छैन, छैन । सत्ताप्रति राप्रपाको यतिधेरै आशक्ति थियो भने त हामीले प्रचण्ड नेतृत्वको सरकार छाड्ने नै थिएनौं नि । उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय त हामीले पाइराखेकै थियौं नि । सत्तामनोवृत्ति हाम्रो भएको भए सरकार किन छाड्थ्यौं र ? एउटा एजेन्डा उठाएर नैतिकताको आधारमा सरकार त्यागेको पार्टीलाई पदलोलुप भन्न मिल्दैन । अन्य राजनीतिक दलमा पदलोलुपता देखिएरहेका बेला बरु हामीले त इमान्दार राजनीतिको उदाहरण पो पेश गरेका छौं त । सरकार भनेको हाम्रा लागि सेकेन्डरी कुरा हो, मुख्य कुरा होइन ।

    ० सरकारमा नजाने भन्ने निर्णय पार्टीले सर्वसम्मत रुपमा गरेको हो कि जानुपर्छ भन्नेहरू पनि हुनुहुन्छ ?

    – सरकारमा जाने भन्ने त अब ठाउ“ नै छैन नि । अपमानजनक ढंगले सरकारमा जाने बाटो बन्द गरिएकाले मलाई राप्रपामा अझै पनि जानुपर्छ भन्ने हुनुहुन्छ जस्तो लाग्दैन ।

    ० राप्रपामा एउटा समूह सरकारमा जान उत्सुक भइरहेका बेला पार्टीले गरेको निर्णयले रुष्ट बनेको छ भन्ने कुरा बाहिर सुनि“दै छ, यसको सत्यताबारे बताइदिनुहोस् न ?

    – पार्टीमा हरेक किसिमका व्यक्तिहरू हुन्छन् । सरकारमा जानुपर्छ भन्नेहरू छँदै छैनन् भनेर म भन्दिन“ । तर, ९९.९९ प्रतिशत सरकारमा अब जानु हु“दैन, सबैभन्दा ठूलो कुरा आत्मसम्मान हो भन्ने पक्षमा नै हुनुहुन्छ ।

    सरकारमा नजाने निर्णय गरे पनि यसलाई दि“दै आएको समर्थनबारे केही पनि बताउनु भएको छैन । अब सरकारमाथि राप्रपाले दि“दै आइरहेको समर्थन के यथावत हुन्छ कि फिर्ता लिनुहुन्छ त ?

    – जयन्त चन्द,–समर्थन हाम्रो कायमै छ । पार्टीले अर्को निर्णय नगरेसम्म यो यथावत नै रहन्छ ।
    सरकारलाई संस्थागत निर्णय गरेर दिएकाले अर्को संस्थागत निर्णय गरेर फिर्ता नलिएसम्म प्राविधिक रुपले कायम नै रहन्छ ।

    ० उसो भए अब अर्को किस्तामा निर्णय गरेर समर्थन पनि फिर्ता लिने, होइन त ?

    –राप्रपाले हरेक कुराको समर्थन र विरोध गुण र दोषको आधारमा गर्दै आइरहेको छ । सरकारको हकमा पनि यही कुरा लागू हुन्छ ।

    ० एमाले यतिबेला एक्लिएको छ । उसैस“ग गठबन्धन गरेर अघि बढ्ने सुविधा पनि राप्रपालाई छ नि होइन ?

    – राप्रपाले सधैं एजेन्डालाई प्रधान ठान्छ । एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्दा कहिले को नजिक हुन्छ त कहिले को । यो एउटा स्वभाविक कुरा हो । कांग्रेस–माओवादीसँग दूरी बढेकै कारण एमालेस“ग नजिक हुनुपर्छ भन्ने हामीलाई लागेको छैन ।

    ० अब राप्रपा कसरी अघि बढ्छ त ?

    –राप्रपा केन्द्रीय कार्यसमितिको भर्खंरै बसेको बैठकले धेरै निर्णयहरू गरेको छ । बैठकले गरेका धेरै निर्णयमध्ये महत्त्वपूर्ण निर्णय एकजुट भएर संगठन निर्माण गर्ने भन्ने हो । स्थानीय तह निर्वाचन हारको मुख्य कारण संगठन नै भएकाले हामी अब संगठन निर्माणलाई नै जोड दिएर अबका दिनमा अघि बढ्ने छौं । अधुरा र अपूरा रहेका संगठनहरूलाई छिट्टै पूर्णता दिएर पार्टी अब जनताको बीचमा जान्छ ।

    ० अब फरक प्रसंगमा कुरा गरौं । राप्रपामा हिजोआज कमल थापा र चन्द पक्षबीच खुब दोस्ती जमेको छ नि होइन ?

    – हो, विगतमा हामी अलग–अलग पार्टीमा थियौं । हाम्रा विचारहरू अलग पार्टीमा हुँदा स्वभाविक रुपमा अलग थिए । तर, यतिबेला पार्टी एक छ, अनि नीति र सिद्धान्त पनि । होला केही विषयमा पार्टीमा छलफल भएको छ । अब छलफल हु“दैमा पार्टीमा गुट उपगुट छ भनेर निष्कर्ष निकाल्न त भएन नि । त्यसैले राप्रपामा कुनै गुट र समूह यतिबेला छैन । राप्रपा एक भएर अघि बढिरहेको छ । म राप्रपामा गुट र उपगुट रहेको भ्रम नपाल्न सबैमा अनुरोध गर्न चाहन्छु ।

    ० पशुपति शमशेर राणा समूहलाई रुष्ट बनाएर पछिल्लो मनोनयन त भयो नि होइन ?

    – पछिल्लो मनोनयन विवादसम्मत ढंगले नै भएको छ । त्यसमा पूर्वअध्यक्षको असन्तुष्टि थिए । त्यो असन्तुष्टिलाई सम्बोधन गर्न यतिबेला वार्ता र छलफल भइरहेको छ । विवाद भन्दा पनि हामी संवादमा नै छौं । मलाई लाग्छ, अबको केही दिनमा नै उहाँको असन्तुष्टि हल हुनेछ ।

    ० अहिले छलफल र संवाद गर्नेले पहिल्यै यस्तो गर्नुभएको भए विवाद हु“दैनथ्यो कि ?

    – हो, पहिले गरेको भए धेरै राम्रो हुन्थ्यो । कुराकानी भएको थियो कि के थियो मलाई थाहा भएन । अब जे भए पनि अहिले संवाद भइरहेको  छ । आशा गरौं अबको केही दिनमै यो विवाद राप्रपाले समाधान गर्नेछ ।

    ० तर, बजारमा त राप्रपा विभाजनलाई रोक्न हतार हतार बदनियतपूर्वक केन्द्रीय सदस्य मनोनयन गरियो भन्ने कुरा आएको छ नि ?

    – महाधिवेशन भएको ५ महिनासम्म संगठनले पूर्णता नपाउ“दा राप्रपामा निराशा थियो । त्यसैले विधानसम्मत ढंगले विधानले दिएको अधिकार प्रयोग गरेर अध्यक्षले मनोनयन गर्नु भएको हो । देखिएका असन्तुष्टिलाई अब छलफलबाटै राप्रपाले हल गर्छ ।

    ० प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न भयो । तर, राप्रपा निकै शिथिल देखियो । यसबाट राप्रपाप्रतिको आकर्षण घट्दै गएको निष्कर्ष निकाल्न मिल्छ ?

    – राप्रपा हारका केही मूलभूत कारणहरू छन् । त्यसमध्येको पहिलो त संगठन नै हो । पार्टी एकता हतारमा गरिएकाले संगठन मजबुत बनाउन चाह“दा चाह“दै पनि सकिएन, समय छोटो भयो । महाधिवेशन त हामीले गर्यौं, तर त्यसपछि संगठनलाई पूर्णता दिनुपर्ने बेला निर्वाचनमा केन्द्रित हुनुप¥यो । त्यसैले यो निर्वाचनमा हामीले अपेक्षित सफलता हात पार्न सकेनौं ।

    ० पार्टीले बोकेको विचार पुरानो र ‘आउडेटेड’ भएर पो जनताले नपत्याएको हुन् कि ? तपाईंहरू जस्तो युवा र बौद्धिक नेताले अब सोच्ने बेला भएन र ?

    – विचार कहिल्यै पनि पुरानो र आउटडेटेड हुँदैन । बरु समयअनुसार विचारलाई परिमार्जित र परिष्कृत गराउनु पर्ने हुन्छ । त्यो हामी आफूले र समयले गराउ“दै लगेको पनि छ । त्यसैले हामीले बोकेको विचार असान्दर्भिक होइन, बरु सान्दर्भिक हु“दै गइरहेको छ । राजसंस्था र हिन्दू धर्म नहु“दा देश अस्थिर हुन्छ र हाम्रो धर्म संस्कृतिमाथि प्रहार हुन्छ भनेर विगतमा हामीले भनेका थियौं । अहिले हेर्नुस् त हिजो हामीले जे भनेका थियौं , ठ्याक्कै त्यही भइरहेको छ ।

    ० सान्दर्भिक भएको भए त जनताले पत्याउँथे होला नि त ?

    – हेर्नुस्, विचार राम्रो भएर मात्रै हु“दैन, त्यसलाई जनताको बीचमा पनि लैजान सक्नुपर्छ । जनताको बीचमा आफ्नो कुरा लगियो भने मात्रै जनताले निर्वाचनमा मत दिन्छन् । हामीले विचार राम्रो बोके पनि जनतालाई बुझाउन सकेनौं । राजसंस्था र हिन्दू धर्मको महत्त्व के हो र यो नहु“दा के हुन्छ भन्ने कुरा प्रष्ट पार्न सकेनौं । त्यसकै परिणाम यो निर्वाचनमा हामी अपेक्षित मत हासिल गर्नबाट चुक्यौं । हामीले जनतालाई बुझायौं र जनताले बुझे भने आउ“दा दिनमा हाम्रो पल्लाभारि हुनेछ ।

    यसका अतिरिक्त राप्रपाबारे अनेक भ्रमहरू छरियो । पदलोलुप पार्टीको रुपमा राप्रपालाई जबरजस्त चिनाउन खोजियो । यसले पनि हामीलाई क्षति पुगेको छ । आउ“दा निर्वाचनमा यी कुरा चिरेर जनताको बीचमा जान्छौं ।

    ० तपाईं राप्रपाको नेतासँगै लोकेन्द्रबहादुर चन्दको छोरा पनि हुनुहुन्छ । राजनीतिमा बुबाकै कारण आउनु भयो कि अरु कारण पनि छन् ?

    – मेरो पारिवारिक वातावरण नै राजनीतिमय थियो । हरेक दिन हाम्रो घरमा बुबालाई भेट्न मानिसहरू आइराख्नुहुन्थ्यो । त्यसरी भेट्न आउने मानिसहरूस“ग मेरो पनि कुरा हुन्थ्यो । म सक्दो सहयोग गरेर घरमा आएकाहरूलाई पठाउ“थे । यसो गर्दागर्दै ममा राजनीतिप्रति कतिबेला झुकाव बढ्यो पत्तै भएन र म अन्य क्षेत्र छाडेर राजनीतिमा लागे“ ।

    ० बुबाको चाहना चाहिँ के थियो नि ?

    – २०४६ सालमा बहुदल आएपछि दल खुल्यो । विभिन्न पार्टी खुल्ने क्रममा चन्द र थापा राप्रपा जन्मियो । बुबा नै राप्रपा चन्दको अध्यक्ष भएकाले देशभरका कार्यकर्ता घरमा आउनु हुन्थ्यो । म पनि विस्तारै कार्यक्रमहरूमा जिल्ला जिल्ला जाने र संगठन गर्न थाले“ । २०४७ देखि २०५५ सालसम्म मैले साधारण कार्यकर्ताकै रुपमा पार्टीमा काम गरे“ । ०५५ सालमा म विदेश सम्बन्ध विभागको सदस्य भए“ । ०५९ सालको तेस्रो महाधिवेशनमा केन्द्रीय सदस्यमा लडे“ जिते“ पनि । त्यसयता निरन्तर सक्रिय हुँदै आएको छु । यसपटकको महाधिवेशनपछि महामन्त्री बनेको छु ।

    ० शक्ति र सत्ताको महत्त्व अहिले पनि छ । तैपनि विगतमा शक्ति र सत्तालाई झनै पुज्ने चलन थियो । त्यस्तो बेला तपाईंको बुबा देशको प्रधानमन्त्री बन्नु भएको थियो । तपाईंलाई भनसुन गराइमाग्न त धेरै आउँथे होला हगि ?

    – पदमा हुँदा यस्ता भनसुनका लागि आग्रह गर्नेहरू स्वभाविक रुपमा आउ“थे । नहुँदा पनि आइराख्नु हुन्छ । आफूले सक्ने काम विगतमा पनि गर्थें, अहिले पनि गरिरहेको छु ।

    ० नेताका छोराछोरीलाई राजनीतिमा आउनुलाई अलि बढी आलोचनाको दृष्टिले हेरिन्छ । तपाईंलाई चाहि“ नेताको छोरो हुनुको फाइदा– घाटा के भएको छ ?

    – नेताको छोरा–छोरी राजनीतिमा आउनु नै हुँदैन भन्ने त मलाई लाग्दैन । उनीहरू पनि राजनीतिमा आउन हुन्छ । तर, आफ्नो अभिभावकलाई भर्याङ बनाएर पद लिन खोज्नु र प्यारासुटबाट झरेर थपक्क पदमा आएर बस्नु गलत हो । मेरो हकमा कुरा गर्नु हुन्छ भने म तल्लो तहबाटै यहाँसम्म आएको हुँ । ०६४ र ०७० मा त निर्वाचन नै लडेको छु । प्रतिष्पर्धा गरेर राजनीतिमा आउनुलाई आलोचना गर्नु हुँदैन । आलोचना त्यतिबेला गर्नु जायज हुन्छ जतिबेला नेताको छोराछोरीले अभिभावकको शक्तिको दुरुपयोग गरेर पार्टीमा स्थान बनाउँछन् ।

    ० बुबा पटक–पटक प्रधानमन्त्री बन्नुभयो । तपाईंको पनि प्रधानमन्त्री बन्ने अभिष्ट बाँकी नै छ कि कसो ?

    – तत्काललाई पार्टीको महामन्त्री छु । सचिवालय हेर्ने जिम्मेवारी पनि पाएकाले यो भूमिका निर्वाह गरिरहेको छु । जहाँसम्म प्रधानमन्त्री बन्ने भन्ने कुरा छ नेपालको वर्तमान राजनीतिक परिस्थितिलाई हेर्दा राप्रपाबाट प्रधानमन्त्री हुन सम्भव देखि“दैन । मन्त्री र माननीय हुन पनि यो पार्टीबाट अब गाह्रो छ । पदका लागि भन्दा पनि आफ्नो सिद्धान्त र विचार स्थापित गराउनु मेरो मुख्य ध्येय हो । यसबाहेक मेरो अरु कुनै चाहना छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *