breaking news

    मनोनयन परेका सबै विधामा अवार्ड जित्दै ‘ला ला ल्याण्ड’ले बनायो कीर्तिमान

    January 9th, 2017 | by Weekly Nepal
    मनोनयन परेका सबै विधामा अवार्ड  जित्दै ‘ला ला ल्याण्ड’ले बनायो कीर्तिमान
    मनोरन्जन
    0

    काठमाडौं । हलिवुड चलचित्र तथा टेलिभिज उद्योगको वर्षको पहिलो ठूलो अवार्ड समारोह गोल्डेन ग्लोब अवार्ड अमेरिकाको लस एन्जल्समा भएको छ । ७४ औं गोल्डेन ग्लोब अवार्डमा मनोनयमा परेका सबै सात विधामा अवार्ड जित्दै सांगीतिक चलचित्र ‘ला ला ल्याण्ड’ ले कीर्तिमान बनाएको छ । ला ला ल्याण्डले उत्कृष्ट चलचित्र (कमेडी एण्ड म्युजिक) को अवार्ड जित्यो । ला ला ल्याण्डबाट एम्मा स्टोनले उत्कृष्ट अभिनेत्री तथा रायन गोस्लिङले उत्कृष्ट अभिनेताको अवार्ड जिते ।

    डेमियन च्याजलले ला ला ल्याण्डबाटै उत्कृष्ट निर्देशक तथा स्क्रिनप्लेको अवार्ड जितेका छन् । यस्तै जस्टिन हुर्विट्जले ला ला ल्याण्डकै लागि वेष्ट ओरिजिनल स्कोरको अवार्ड जिते भने यही चलचित्रको गीत सिटी अफ स्टारसले वेष्ट ओरिजिनल सङको अवार्ड जित्यो । ला ला ल्याण्ड सात विधामा गोल्डेन ग्लोब अवार्ड जित्ने पहिलो चलचित्र बनेको छ ।

    विजेता को को ?

    चलचित्र

    वेष्ट चलचित्र (ड्रामा): मुनलाइट
    वेष्ट चलचित्र (कमेडी एण्ड म्युजिक): ला ला ल्याण्ड
    अभिनेत्री (ड्रामा): इजाबेल हापेर्ट (एली)
    अभिनेता (ड्रामा): केसी अफ्लेक (म्यानचेस्टर बाइ दि सी)
    अभिनेत्री (कमेडी एण्ड म्युजिक): एम्मा स्टोन (ला ला ल्याण्ड)
    अभिनेता (कमेडी एण्ड म्युजिक): रायन गोस्लिङ (ला ला ल्याण्ड)
    सह–अभिनेत्रीः विओला डेविस (फेन्सिस)
    सह–अभिनेताः आरोन टेलर जोहानसन (नोटर्नल एनिमल्स)
    निर्देशकः डेमियन च्याजल (ला ला ल्याण्ड)
    स्क्रिनप्लेः डेमियन च्याजल (ला ला ल्याण्ड)
    एनिमेटेड चलचित्रः जुटोपिया
    विदेशी भाषाको चलचित्रः एली (फ्रान्स)
    ओरिजिनल स्कोरः जस्टिन हुर्विट्ज (ला ला ल्याण्ड)
    ओरिजिनल सङः सिटी अफ स्टारस (ला ला ल्याण्ड)

    टेलिभिजन
    वेष्ट सिरिज (ड्रामा): द क्राउन
    वेष्ट सिरिज (कमेडी एण्ड म्युजिकल): एट्लान्टा
    वेष्ट टेलिभिजन मुभी अर मिनी–सिरिजः द पिपुल भि. ओ. जे. सिमप्सनः अमेरिकन क्राइम स्टोरी
    अभिनेत्री (वेष्ट टेलिभिजन मुभी अर मिनी–सिरिज): साराह पाउल्सन ( द पिपुल भि. ओ. जे. सिमप्सनः अमेरिकन क्राइम स्टोरी)
    अभिनेता (वेष्ट टेलिभिजन मुभी अर मिनी–सिरिज): टम हिड्डलेसटोन (द नाइट म्यानेजर)
    अभिनेत्री (ड्रामा): क्लारिए फाए (द क्राउन)
    अभिनेता (ड्रामा): बिली बब थ्रोनटन (गोलिएथ)
    अभिनेत्री (कमेडी अर म्युजिकल): ट्रासी एलिस रोस (ब्ल्याक–इश)
    अभिनेता (कमेडी अर म्युजिकल): डोनाल्ड ग्लोवर (एट्लान्टा)
    सह–अभिनेत्रीः ओलिविए कालम्यान (द नाइट म्यानेजर)
    सह–अभिनेताः ह्युग लाउरिए (द नाइट म्यानेजर)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *