breaking news

    मङ्गलबारदेखि क्रमिक रुपमा मौसममा सुधार आउने

    March 20th, 2017 | by Weekly Nepal
    मङ्गलबारदेखि क्रमिक रुपमा मौसममा सुधार आउने
    समाज
    0

    काठमाडौँ, ७ चैत । पश्चिमी वायुको प्रभावले केही दिनदेखि अवरुद्ध मौसममा मङ्गलबारदेखि क्रमिक रुपमा सुधार आउने भएको छ ।

    पश्चिमी वायुसँगै स्थानीय वायुको सम्मिश्रणले मौसम बदली भई काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा यसको असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले देशका अधिकांश भेगमा बदली गराउनाका साथै काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

    तीन दिनदेखि अवरुद्ध मौसम मङ्गलबारदेखि सुधारमा आउने मौसमविद् समिर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
    महाशाखाका अनुसार आज खासगरी देशका पूर्वी तराई भेगमा बाक्लो बादल तथा चट्याङसहितको वर्षात् भएको तथा केही पहाडी जिल्लामा बदली भएको छ । त्यस्तै पश्चिमका नवलपरासीलगायत क्षेत्रमा हल्का वर्षा भएको छ । मनसुनपूर्वको मौसम भएकाले पनि मौसम बदली र हल्का वर्षाको सङ्केत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *