breaking news

    भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

    July 17th, 2017 | by Weekly Nepal
    भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप
    अन्तरास्ट्रिय समाचार
    0

    पाकिस्तान, २ साउन । पाकिस्तानले विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको आरोप लगाएको छ ।

    पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पु¥याएको बताएको छ ।

    पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा सो हत्या भएको बताइएको छ । पाकिस्तानी सेनाले भारतको तर्फबाट सो आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ ।

    पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिएको छ । उक्त घटनाको पाकिस्तानी प्रधानमन्त्र नवाज शरिफले निन्दा गर्नुभएको छ ।

    साथै उहाँले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद पनि ज्ञापन गर्नुभएको छ ।
    यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
    रासस/एएफपी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *