breaking news

    भारतमा ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

    September 12th, 2017 | by Weekly Nepal

    बैतडी, २७ भदौ । ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् । सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर उनको घटनास्थलमै ज्यान गएको मृतकका आफन्त महेश भट्टले जानकारी दिनुभयो ।

    मृतकको शव परीक्षणका लागी धारचुलास्थित एक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *