breaking news

    भागबण्डापछि मन्त्रीबीच मिलापत्र !

    March 20th, 2017 | by Weekly Nepal
    भागबण्डापछि मन्त्रीबीच मिलापत्र !
    फिचर
    0

    काठमाडौं । कृषि विकास मन्त्रालयमा एकै पार्टीका दुई मन्त्री भएपनि कहिल्यै मन मिल्न सकेको थिएन । एकले अर्कालाई सिध्याउने खेलमा करीव ७ महिना वितिसकेको छ । यो अवस्थामा एकले अर्कालाई आरोप प्रत्यारोप गराउनेमा नै दुई मन्त्रीहरू व्यस्त देखिए । किसानका कामभन्दा पनि आफ्नो भ्रमणलाई तीव्र पारिरहेका कृषि मन्त्री गौरीशंकर चौधरी र राज्यमन्त्री राधिका तामाङ पछिल्लो समयमा भने हरेक कुरामा भागबण्डा मिलेपछि सहमत देखिएका छन् ।

    यी दुई मन्त्री नियम कानूलाई उल्लंघन गर्दै आफ्नै किसिमले अगाडि बढिरहेका छन् । सरकारको नीति विपरित जर्मनबाट अमेरिका पुगेका कृषिका कृषि मन्त्रीको भ्रमण विवाद भएपछि मन्त्रीले अर्को एक कार्यक्रममा राज्यमन्त्रीलाई पठाउने सहमत गरे । जसका कारण राज्यमन्त्री राधिका तामाङ आफ्ना जोई लिएर रोम पुगेर फर्किन । सरकारी रकममा आफ्नो जोई वोकेर हिड्न पाएकी राधिका यतिखेर मन्त्रीसंग हरेक कार्यक्रममा भागबण्डा गर्ने सहमत बमोजिम मन्त्रालयको काम गर्न थालेकी छिन् । राज्यमन्त्री भएर आफूले कुनै पनि जिम्मेवारी नपाएको दुखेसो गर्दै आईरहकी राधिकालाई विदेश भ्रमण र स्वेदश भ्रमणमा उनले भने जस्तै गरिदिएपछि मन्त्रालयले बजेट सिध्याउने काममा तीव्रता पाएको छ ।

    अहिलेफेरि कृषि विकास मन्त्रालयमा  विदेश भ्रमणमा राजनीतिकरकण मात्र होइन मन्त्री र राज्यमन्त्रीको भागबण्डामा शुरु हुन थालेको छ । अहिले कृषि विकास मन्त्रालयका प्राविधिक कर्मचारी तालिममा जाने नाममा दुवै मन्त्रीका स्वकिय सचिवहरू विदेश पुगेर फर्केका छन् । दुवै मन्त्रीको पिएहरूलाई विदेश लैजाने सहमति भएपछि सो भ्रमण मन्त्रीले स्वीकृत गरेका थिए । त्यसका लागि कृषि विकास मन्त्री गौरी शंकर चौधरीको स्वकीय सचिव परशु चौधरी र राधिका तामाङ्को स्वकीय सचिव निर्मल तामाङ कृषि विकास मन्त्रालयको कर्मचारी बनेर मन्त्रालय कै रकममा थाईल्याड र फिलिपिन्स पुगेर फर्केका छन् । प्राविधिक कर्मचारीका लागि तालिममा पठाउने कार्यक्रममा राज्यको सम्पत्ति दोहन गरेर आफ्ना निजी सचिवहरूलाई विदेश लैजाने खर्च गर्ने रकम स्वीकृत गर्ने लाई कानूनी कठघरामा उभ्याउनुको विकल्प छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *