breaking news

    बुलेट बेच्यो, ग्यास बोक्न दिएन भारतले !

    August 11th, 2017 | by Weekly Nepal
    बुलेट बेच्यो, ग्यास बोक्न दिएन भारतले !
    फिचर
    0

    काठमाडौं। झण्डै ३ करोडको नजराना चढाएर आपूर्तिमन्त्री, आयल निगमसहितको मिलोमतोमा नेपाली व्यापारीहरुलाई बुलेट किन्ने सुविधा सहितको अनुमति दिएको हो सरकारले ।

    तर ११ महिनादेखि नेपाली ग्यास व्यापारीले भारतबाट ग्यास बुलेट किने, तर भारतीय ग्यास बुलेटको काम हरण हुने भएकाले भारत सरकारले एक्सप्लोसिभ प्रमाणपत्रमा रोक लगायो ।

    त्यो प्रमाणपत्र नभए ग्यास बोक्न पाइन्न । त्यसैले नेपालीले अरवको हाराहारीमा किनेको ४ सय ग्यास बुलेट भारतका सडकमा लम्पसार परिरहेको छ ।

    यतिखेर भारतकी परराष्ट्रमन्त्री सुषमा स्वराज नेपालमा छिन् । बिमिस्टेकको बैठकमा भाग लिन आएकी हुन् । उनलाई महारानी सवारी भएजस्तो गरी अत्यधिक महत्वका साथ स्वागत र सत्कार गरिएको छ ।

    उनी आउनासाथ प्रधानमन्त्री, राष्ट्रपति, नेताहरुले भेटवार्ता गरे । तर नेपालले सीमा क्षेत्रमा, आवतजावतदेखि ग्यास बुलेटसम्मका समस्यामा कुरा राख्न सकेनन् ।

    प्रधानमन्त्री भदौ ७ गते भारत जाँदैछन् । कुन एजेण्डा लिएर जाँदैछन् भन्ने न संसदलाई थाहा छ, न प्रतिपक्षीलाई । जय हिन्द भन्न जान लागेका हुन् हाम्रा प्रधानमन्त्री ? एजेण्डा छ भने सार्वजनिक हुनुप¥यो नि ? घूस खाएर बुलेट किन्न स्वीकृति दिने, बुलेट चलाउने वातावरण बनाउन नसक्ने सरकार कस्तो सरकार ?

    ग्यास उद्योग संघका अध्यक्ष छन् शिवप्रसाद घिमिरे । उनी ग्यास सिलिण्डरको फुटरिङ लगायतका अपराधमा डामिएका व्यक्ति हुन् । उनकै मिलोमतोमा बुलेट किन्ने वातावरण बनेको थियो । अव उनी प्रधानमन्त्रीसम्म जाने र थप नजराना दिएर भारतसँग कुरा गर्न लगाउन अग्रसर भएका छन् ।
    न्यूज अभियानबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *