breaking news

    बाढीले बगाएर भारत पुर्याएको गैँडाको उद्धार,निकुञ्जमा छाडियो

    August 18th, 2017 | by Weekly Nepal
    बाढीले बगाएर भारत पुर्याएको गैँडाको उद्धार,निकुञ्जमा छाडियो
    समाज
    0

    चितवन, २ भदौ । केही दिनअघि आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरिएको छ ।

    आन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडाको हिजो उद्धार गरी आज ट्रकमा राखी चितवन ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

    बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको अर्यालले जानकारी दिनुभयो ।

    गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैँडा फेला परेको थियो । गैँडालाई आजै चितवन राष्ट्रिय निकुञ्जमा छाडिने जनाइएको छ । यसरी बाढीले पाँचवटा गैँडा बगाएको पाइएको निकुञ्जले जनाएको छ । त्यसमध्ये उद्धारै गर्नुपर्ने अवस्थाको देखिएकाले यसलाई उद्धार गरिएको हो ।

    एउटा गैँडा बाल्मिकी आश्रम नजिकै नेपाल भारतको सीमा क्षेत्रमा आउजाउ गरिरहेको फेला परेको र एउटा गैँडा भारततर्फ नारायणी नदी किनारको बाल्मिकीनगरस्थित जंगलको सानो टापुमा देखिएको अर्यालले जानकारी दिनुभयो ।

    अर्काे गैँडा भारतको मध्यवर्ती जंगलमा देखिएको जनाइएको छ । अर्यालको नेतृत्वमा गएको व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा गएको प्राविधिक टोलीले गैँडाको उद्धार गरेर ल्याएको हो ।

    भारतबाट उद्वार गरेर ल्याइएको गैँडा निकुञ्जमा छाडियो

    भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैँंडालाई आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।

    केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पु¥याएको गैँंडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालय नजिकैबाट आज निकुञ्जमा छाडिएको हो ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *