breaking news

    बहस : किन हुन्छ नेपाल–भारत सीमामा बारम्बार विवाद ?

    March 19th, 2017 | by Weekly Nepal
    बहस : किन हुन्छ नेपाल–भारत सीमामा बारम्बार विवाद ?
    अन्तरबार्ता
    0

    नेपालका दुई छिमेकी राष्ट्र हुन् – भारत र चीन । भारत र चीन छिमेकी मुलुक भएकाले स्वभाविक रुपमा यी देशसँग नेपालको सीमा जोडिएको र ती सीमामा बेला–बेला वादविवाद हुने गरेको छ । विशेष गरेर भारतसागको सीमा नाकामा एकपछि अर्को विवाद उत्पन्न हुादै आइरहेका छन् । पछिल्लो समय कञ्चनपुर सीमा विवादका क्रममा भारतले एक नेपाली नागरिकको गोली हानी हत्या गरेपछि नेपाल–भारत सीमा विवाद नयाा चरणमा प्रवेश गरेको छ । यसै सन्दर्भमा हामीले सीमाविद्, कूटनीतिज्ञ तथा सुरक्षाविद्हरूलाई भारत किन नेपालमा किचलो झिकिरहन्छ भनेर सोधेका थियौं । प्रस्तुत छ, उनीहरूको भनाइ:

    ० धमिलो पानीमा माछा मार्न खोजियो – हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद्

    – कञ्चनपुर घटना दु:खद घटना हो । नेपालको भूमिमा पसेर नेपाली युवा मारिनु निन्दनीय छ । जसको गोलीबाट नेपाली मारिएका छन् अब उतैबाट त्यसको क्षतिपूर्ति दिलाउनुपर्छ ।

    नेपाल–भारत सीमामा तारबार छैन । तारबार नभएकाले पनि नेपाली भूमि असुरक्षित भइरहेको छ । कतिपय ठाउामा भएका पिलरहरू पनि लोप भएका छन् । त्यस्ता लोप भएका पिलर पुन:स्थापना नहुादा पनि छिमेकीलाई निहुा खोज्न सजिलो भएको छ । सीमामा किचलो हुनुको यो भन्दा महत्त्वपूर्ण कारण नेपालमा अहिले देखिएको अस्थिरता हो । भारतले जब–जब नेपालमा अस्थिरता हुन्छ तब नेपाली भू–भागमा अतिक्रमण गर्छ । अहिले पूर्वी तराई अशान्त भइरहेका बेला उसले धमिलो पानीमा माछा मारेर सीमा अतिक्रमण गरेको छ ।

    नेपाल–भारत सीमामा यस्ता समस्याहरू देखिरहन्छन् । सीमामा यस्ता समस्या देखिए पनि त्यसको समाधानमा हाम्रो ध्यान गएकै छैन । आउादा दिनमा यस्ता घटना हुन नदिनका लागि पनि अब सीमामा ख्याल राख्नुपर्छ । त्यसका लागि निश्चित समय सीमा तोकेर सबै सीमाको सबै पिलर पूरा गर्नुपर्छ । अमेरिकाले त मेक्सिकोको सीमामा पर्खाल लाउनु परेको छ भने हामी जस्तो कमजोर देशले बाहिरी देशका मान्छेलाई ह्वात ह्वाती हुल्ने फितलो सीमा राख्नु हुादैन । असंलग्न देशले एकातिर खुला र अर्कातिर बन्द गर्नु असंलग्नताको विपरीत हो । दुवैतिर बन्द र व्यवस्थित सीमा नै चाहिन्छन् ।
    भारतीय रवैया निन्दनीय – बुद्धिनारायण श्रेष्ठ, सीमाविद्

    – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बलजफ्ती नेपाली सीमा सार्न खोज्दा कञ्चनपुरको आनन्द बजारमा झडप भयो र झडपका क्रममा नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भयो । आनन्द बजारको यो घटना नेपाल–भारत सीमामा रहेको २०० नम्बरको खम्बा लोप हुँदाको अस्पष्टताले भएको देखिन्छ । वास्तवमा यो जति दु:खद् छ त्यति नै निन्दनीय पनि छ ।

    सीमामा अस्पष्टता हुन्छ । यदि सीमामा अस्पष्टता छन् भने त्यसलाई हटाउन दुवै देशका पदाधिकारीहरू बस्नु उचित हुन्छ । सीमामा देखिएका समस्याको समाधान गर्ने तरिका नै यही हो । तर, भारतीय पक्षले छलफलको विकल्प नखोजेर बलजफ्ती गरेको छ । भारतीय पक्षले देखाएको यो रवैया खेदपूर्ण छ ।

    नेपाल–भारत सीमामा भएको यो पहिलो घटना भने होइन, यस्ता घटनाहरू बारबार भइराखेका छन् । सीमामा यस्ता घटना दोहोरिराख्नुको पहिलो कारण सीमा खम्बा हुन् । नेपाल–भारत सीमामा प्रशस्त मात्रामा जंगे खम्बा छैनन् । यसले पनि सीमा विवाद भइरहेको छ । अर्को, दशगजा क्षेत्र पनि उत्तिकै अस्पष्ट छ । यसले पनि सीमा विवाद बढाइरहेको छ । सीमा विवादमा सबैभन्दा बढी काम छिमेकीको नेपालप्रतिको दृष्टिले गरेको छ । भारतीय निकायहरूमा ठूलो दाइको दम्भ छ । यही ठूलो दाइको प्रवृत्ति दोहारिरहँदा यस्ता घटना   भइरहेछन् । जब जंगे खम्बा हुँदैन र दशगजा क्षेत्र पनि मटियामेट पारिन्छ तब बलियो दाजुले बल मिच्याइँ त गर्छ नै । अहिले भएको पनि त्यही हो ।

    सीमामा देखिएका यस्ता किचलो समाधानका लागि सबैभन्दा पहिले प्रशस्त मात्रमा सीमा खम्बा गाड्नुपर्छ । सीमा कतिपय ठाउँमा घुमाउरो चोसो परेको छ, ती ठाउँमा पनि खम्बाको व्यवस्था गर्नुपर्छ । दशगजा क्षेत्र अस्पष्ट छ, यो स्पष्ट हुनुपर्छ । त्यसपछि आउँछ सीमा सुरक्षा । सीमा सुरक्षा दुवै देशका सुरक्षा फौजले मिलेर गर्नुपर्छ । यसरी सुरक्षा गर्दा घटी बडी सुरक्षाकर्मी नभएर बराबर हुनुपर्छ । यो किन हुनुपर्छ भने कुनै देशको सुरक्षार्मी कम भए त्यसले कम हुनेको मनोबल गिर्छ र सुरक्षा गर्न सक्दैनन् । यति गरियो भने सीमामा अहिले देखिएका समस्या समाधान हुन्छन् ।
    ० प्रचण्ड, देउवा सबै भारतका झण्डावाल हुन् – प्रेममान सिंह बस्न्यात, ब्रिगेडियर जनरल(अ.प्रा)

    – पहिले मान्छेको महत्त्व थिएन, गोरा जातिले अमेरिकामा काला जातिमाथि अतिचार मात्रै गर्दैनथे, पशु चौपाया बिक्री गरेजस्तो गरी बेच्थे र बधुवा बनाएर घरमा राख्थे । भारतले हामी नेपालीलाई अहिले ठीक यही शैलीमा बधुवा–मजदुर जस्तै बनाइरहेको छ । त्यसैले उसको हेपाहा प्रवृत्ति नेपालीमाथि विभिन्न शैलीमा प्रकट भइरहन्छ । अहिले कञ्चनपुरमा भएको घटना पनि यस्तै हेपाहापनको उपज हो ।

    भारतले हाम्रो देश नेपाललाई एउटा स्वतन्त्र देश भनेर मानेकै छैन । म ठोकुवाको साथ भन्छु, भारतको शब्दकोषमै नेपाल स्वतन्त्र देश हो भन्ने छैन । त्यसैले भारतले यहाँ निरन्तर हस्तक्षेप गरिरहेछ ।

    राजा त्रिभुवनलाई नेपालमा राष्ट्रपिता भनेर वर्णन गरिन्छ । तर उनी नेपालका लागि दुर्भाग्य हुन् । किनकी उनले हामी नेपालीलाई भारतको बधुवा मजदुर बनाएका थिए । अहिले प्रचण्ड, शेरबहादुर देउवा (देउवाजी त अझै सत प्रतिशत इण्यिन पक्षधर होइनन्, उहाँको लगाम अन्तै छ) त्रिभुवनले विगतमा भित्राएको बधुवा मजदुरशीपको नयाँ संस्करणको रक्षा गरिरहेका छन् । प्रचण्ड, देउवालगायत राजनीतिक दलका नेता भारतका झण्डावाल हुन् ।

    यो देशमा भारतसँग टक्कर लिने राजसंस्था थियो, तर अहिले यो पनि नरहेपछि सबै भारतको मजदुर बनेका छन् । ओलीजीले भूकम्पको बेलामा मौका त पाउनु भयो तर अरुबेला त उहाँपनि त्यतैतिर ढल्कनु भएको थिएन र ? यसर्थ यहाँ देशका लागि औंला ठड्याउने कोही छैनन् । नेतादेखि कर्मचारी, सुरक्षा निकायका सबै बिक्री भएका छन् । त्यसैले त बिहारी, सिक्कम र भुटानभन्दा पनि तल्लो दर्जामा उसले नेपाललाई राखेको छ ।

    १९६२ को युद्ध त्यत्तिमा भारत त्यत्तिकै भागेको थिएन । राजा महेन्द्र, माओत्सेतुङ र चाइनाको डिप्लोमेसीले त्यता ठोकेपछि मात्रै भारतीय यताबाट भागेका थिए । मैले चाइनालाई बोलाएर हस्तक्षेप गराऊ भनेको त होइन तर भारतीयहरू तह लगाउन यस्तै गर्नुपर्छ । चीनको प्रोफेसरले बोलेर हुँदैन कुनै रक्षा मन्त्री, मन्त्री वा नेताले कडा भाषा बोल्यो भने त्यत्तिकै खत्रक्क हुन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *