breaking news

    फेरि किन खिचियो ‘दर्पण छायाँ २’ को क्लाईमेक्स?

    January 9th, 2017 | by Weekly Nepal
    फेरि किन खिचियो ‘दर्पण छायाँ २’ को क्लाईमेक्स?
    मनोरन्जन
    0

    काठमाडौँ । सिनेमा ‘दर्पण छायाँ २’ को क्लाईमेक्स फेरि खिचिएको छ । जय गिरीले सिनेमामा क्लाईमेक्सको १५ मिनेटको दृश्यलाई भीएफएक्सबाटै आकर्षक बनाउने जिम्मा लिएका थिए ।

    तर भीएफएक्सबाट सोचेजस्तो क्लाईमेक्स नभएपछि निर्देशक तुलसी घिमिरले क्लाईमेक्स फेरि खिच्ने योजना बनाएका थिए । दार्जिलिङको सभा हलमा क्लाइमेक्स फेरि खिचिएको छ । क्लाईमेक्स खिचिसकेपछि निर्देशक तुलसी घिमिरे सोचेजस्तो काम भएको भन्दै निकै खुसी भएका छन् ।

    सिनेमामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य लगायतको मुख्य भूमिका छ ।
    यो फिल्मका निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । सिनेमाको क्लाईमेक्समा भएको नृत्यलाई मिङमा दोर्जी लेप्चाले कोरियोग्राफ गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *