breaking news

    प्रहरी हाकिमको काइदा, बन्द गर्दै असुल्दै

    July 14th, 2017 | by Weekly Nepal
    प्रहरी हाकिमको काइदा, बन्द गर्दै असुल्दै
    फिचर
    0

    काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नचाहँदा नचाहँदै विमलेन्द्र निधिको चर्को दबाबमा महानगरीय प्रहरी परिसरको प्रमुख बन्न सफल भएका एसएसपी छविलाल जोशी बन्जाडे अनेक विवादमा आउन थालेका छन् । उनले शुभलाभका आधारमा दरबारमार्गमा मात्रै एक महिनाको बीचमा डेजाबु डिस्को, आलिसान र न्यू फोकस रेष्टुरेन्ट बन्द गरी कामकुरो मिलेपछि पुनः खोलेको आरोप छ ।

    न्यू फोकस पनि बन्द गरी पुनः कुरा मिलेपछि खुलेको प्रहरी स्रोत बताउछ । आलिसान र न्यू फोकस हात्तीसारमा छन् । डेजाबु डिस्कोमा पूर्व मिस नेपाल नग्मा केसीको पनि लगानी छ । राम गिरी प्रहरी अधिकारीसँग निकट सम्बन्ध भएका र धेरैको रकम समेत चलाउने ब्यक्तिका रुपमा चिनिन्छन् । ठमेलमा डिस्कोदेखि रेष्टुरेन्ट ब्यवसाय गर्ने तिनै गिरीले दरबारमार्गमा डेजाबु डिस्को खोलेका थिए ।

    डेजाबु डिस्को खुलेपछि संचालक राम गिरी र दाबा लामाबीच द्वन्द्व चर्किएको थियो । दाबा लामाले डेजाबु डिस्कोका गिरीसँग सिंत्तैमा सेयर मागेका थिए । नदिएपछि डिस्कोमा गिरी सहितलाई दाबाले कुटपिट गरेका थिए । डिस्कोमा कुटपिट गर्ने दाबा पक्राउ परे पनि टेलिभिजनकी एकजना समाचारवाचिकाले दाबालाई छुटाउन एसएसपी जोशीलाई दबाब दिइन् ।

    नेवार मूलकी ती समाचारवाचिकाले दाबा आफ्नो तिहारमा टीका लगाउने भाइ भएकाले छुटाउन एसएसपी जोशीलाई पटक पटक अनुरोध गरेपछि छुटे । छुटेको केही दिनपछि दाबामाथि गौरीघाटमा गोली प्रहार भएको थियो । त्यो गोली प्रहार राम गिरीले नै गराएको जाहेरी दाबाका आफन्तले दिएका छन् । दाबामाथि गोली कसले प्रहार गरेको थियो भन्ने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । डेजाबुमा दाबाको समूहले गिरीमाथि आक्रमण गरेकाले गिरीले नै दाबालाई गोली प्रहार गर्न लगाएको भन्दै जाहेरी दिएको थियो ।

    एक महिनाको बीचमा दबारमार्ग क्षेत्रमा एसएसपी जोशीले विनाकारण रेष्टुरेन्ट बन्द गर्दै खोल्दै गरेको आरोप छ । किन बन्द गरियो, फेरि लगत्तै किन खुला गरियो भन्ने कुरा अपारदर्शी राख्दै उनले दरबारमार्गमा गरेको तरिका काठमाडौंका अन्यत्र पनि अपनाएका छन् । केही दिनअघि कालिमाटी बृत्तले रातिको समयमा ट्याक्सीमा मधेशी मूलका नागरिकलाई लुट्ने वीरेन्द्र ढुंगाना, प्रदीप थापामगर, सुदीप सुवेदीसहित ३ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले नयाँबसपार्कमा केही दिनअघि सुन समेत लुटेर सप्त एण्ड सन्स कालिमाटीमा बिक्री गरेको खुलेको थियो । प्रहरीले सुन र सुन पसलेसहित पक्राउ गरी परिसरमा बुझाए पनि एसएसपी जोशीले उनीहरूलाई उन्मुक्ति दिने तयारी गरेको आरोप छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *