breaking news

    पार्टी फुट्यो क्रिम पाउडर र लिपिस्टिकले ! सांसद गोपालको नजर महिला सांसद…माथि

    January 11th, 2017 | by Weekly Nepal
    पार्टी फुट्यो क्रिम पाउडर र लिपिस्टिकले ! सांसद गोपालको नजर महिला सांसद…माथि
    फिचर
    0

    काठमाडौं। पार्टी फुट्यो क्रिम पाउडर र लिपिस्टिकले ! यो कुनै ठट्टा नभएर थरुहट तराई पार्टीमा भएको घटना हो ।व्यवस्थापिका संसदमा समानुपातिकतर्फ जम्मा दुई सांसद रहेको सो पार्टी विभाजित भएर अहिले एक–एक सांसदको बेग्लाबेग्लै पार्टी छन् ।

    सांसद तथा शाहीकालीन सहायकमन्त्री गोपाल दहितले ओभर मेकअप गरेर नहिँड्न भनेपछि विवाद चुलिएको गंगा चौधरीले बताइन् । ‘क्रिम, पाउडर र सबैथोकमा उहाँले मलाई धेरै दुःख दिनुभयो, कमेन्ट गर्नुभयो’, उनले भनिन्, ‘मैले क्रिम लगाउने कि लिपिस्टिक लगाउने, त्यो मेरो व्यक्तिगत स्वतन्त्रता हो ।’दहितले गरेको काम आधिकारिक हुने, तर अरुले गरेको काम र कुरा आधिकारिक नहुने भएपछि पार्टीमा समस्या अएको उनले सुनाइन् ।

    विशेषतः लोकमान प्रकरणमा आफू महाअभियोग पक्षधर, दहित महाअभियोग लगाइनु नहुने पक्षधर हुँदा धेरै समस्या भएको उनले बताइन । पार्टीको बैठकमा ३० वर्ष नकटेकी गंगाले आफ्नो उमेरमा आफूले आफ्ना इच्छाअनुसार खान, लागउन पाउनुपर्ने माग गरेकी थिइन् ।

    पार्टी अध्यक्ष भानुराम चौधरी गंगाकै पक्षमा थिए । तर, कुनै पनि निर्णयबिना बैठक सिकियो । बैठकपछि दहितले केन्द्रीय सदस्यहरूलाई व्यक्तिगत रुपमा बोलाउँदै आफूलाई कारबाही गर्ने तयारीमा लागेपछि नयाँ पार्टी गठन गरिन्, जसलाई संसद सचिवालय बैधानिकता दिइसकेको छ । रमाइलो कुरा के छ भने, पार्टीमा दहितभन्दा गंगा पुरानी नेता हुन् ।दहित शाही शासन ढलेपछि पार्टीमा प्रवेश गरे, गंगाचाहिँ संयुक्त थारु राज्य परिषद्देखि नै आन्दोलनमा सहभागी थिइन् ।
    जनआस्था साप्ताहिक

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *