breaking news

    नेपाल चीन साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड

    July 10th, 2017 | by Weekly Nepal
    नेपाल चीन साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड
    साहित्य
    0

    काठमाडौँ, २६ असार । चिनियाँ लेखक सङ्घको निम्तामा चीनको कुनमिन, छेन्दु र बेइजिङमा आयोजना भएका विभिन्न साहित्यिक कार्यक्रममा भाग लिई नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डल शनिबार राजधानी फर्केको छ ।

    प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेको नेतृत्वमा प्राज्ञ हेमाङ्गराज अधिकारी, उषा ठाकुर, ज्ञानु पाण्डे, मातृका पोखरेल र विवश पोखरेल तथा प्रतिष्ठानको प्रशासनतर्फका उपप्रमुख शशी चालिसे भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो । सात सदस्य प्रतिनिधिमण्डल यही असार १८ गते चीनतर्फ प्रस्थान गरेको थियो ।
    प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डलको स्वागतमा पहिलो दिन लेखक सङ्घको युनान प्रान्तले कुनमिनमा गरेको कार्यक्रममा लेखक सङ्घ युनानका प्रतिनिधि फान लिङले नेपाल र चीनका बीचमा साहित्य रचना गर्ने विषय समान रहेको धारणा राख्नुभएको थियो । उहाँले नेपालका साहित्यकारले जस्तै चिनियाँ साहित्यकारले पनि पहाडी जनताका कथा लेखिरहेको खुलस्त पार्नुभएको थियो ।

    कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेले नेपाल र चीनबीचको सम्बन्ध धर्तीजत्तिकै पुरानो रहेको धारणा व्यक्त गर्नुभयो । लेखक सङ्घ युनान प्रान्तका पदाधिकारीले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सोही दिन चिनियाँ लेखक सङ्घ युनानले नेपाली प्रतिनिधिमण्डललाई टिन्स ताल, प्राचीन दरबारलगायत युनानका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो ।

    असार २० गते लेखक सङ्घ बेइजिङ शाखाले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लेखक सङ्घका अध्यक्ष छाङ ताओले प्रज्ञा–प्रतिष्ठान र लेखक सङ्घबीच भएको साहित्यिक सद्भाव आदानप्रदान सम्झौतानुसार दुई देशबीच भएका विगतका सम्बन्धको स्मरण गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष क्यु हुवादोङले चिनियाँ सरकारले चीनका अल्पसङ्ख्यक जातिको भाषा र साहित्यलाई अत्यन्तै महत्व दिएको जानकारी गराउनुभयो । सोही दिन लेखक सङ्घ बेइजिङले नेपाली प्रतिनिधिमण्डललाई ग्रेट वाल, अरनिकोद्वारा निर्मित श्वेतचैत्यलगायत बेइजिङका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो ।

    यसै गरी लेखक सङ्घ सिन्चुवानले सिन्चुवानको राजधानी छेन्दुमा स्वागत एवम् साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा लेखक सङ्घ सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानमा लेखक सङ्घले इन्टरनेट साहित्यमा विशेष महत्व दिएको जानकारी गराउनुभएको थियो । कार्यक्रमपछि प्रतिनिधिमण्डललाई रातो पाण्डा चिडियाखाना, सङ्ग्रहालयलगायत छेन्दुका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *